बाडी पहिरोमा परी १९२ जनाको मृत्यु ३० अझै बेपत्ता
हालै आएको अविरल वर्षाले ठूलो मात्रामा बाढीपहिरो र डुबानको अवस्था सिर्जना गरेको छ। बाढी पहिरोले गर्दा देशभर कैयौँले ज्यान गुमाए भने कयौँ घरबारविहीन भएका छन्। गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार, यस प्राकृतिक विपद्का कारण १९२ जनाको मृत्यु भएको छ भने ३० जना बेपत्ता छन्।
प्रवक्ता तिवारीले भने, “हामीले बाढीपहिरोबाट प्रभावित क्षेत्रमा खोज, उद्धार र राहत कार्यलाई प्राथमिकता दिएका छौं।” हालसम्म चार हजार पाँच सयभन्दा बढी व्यक्तिहरूको उद्धार गरिएको छ र प्रभावित क्षेत्रहरूमा खाद्यान्न तथा आपत्कालीन राहत सामग्री वितरण भइरहेको छ।
सरकारले घाइतेका लागि निःशुल्क उपचारको व्यवस्था पनि गरेको छ। बाढीले अवरुद्ध गरेका राजमार्गहरूलाई खोल्नका लागि आवश्यक पहलहरू जारी चारी भइरहेको गृहमन्त्रालयले जनाएको छ।