विकल रेग्मीको सम्झनामा: विकल स्मृति फुटबल प्रतियोगिता आयोजना गर्ने घोषणा

संवाददाता
२०८१ आश्विन १४, सोमबार १३:४१

निजगढ नगरपालिकाले हरेक वर्ष विकल स्मृति जुनियर फुटबल प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको छ। यो घोषणा नगरप्रमुख सुरथ पुरीले आज निजगढमा आयोजित श्रद्धाञ्जली सभामा गरेका हुन्।

यस प्रतियोगिताको आयोजनाले १२ गते खसेको पहिरोमा ज्यान गुमाएका ६ जना प्रशिक्षार्थी खेलाडीको सम्झनामा समर्पित हुनेछ। जसमध्ये विकल रेग्मी, जो निजगढ-८ निवासी हुन् उनको नामबाट हरेक बर्ष निजगढमा फुटबल प्रतियोगिता आयोजना गरिने भएको हो ।

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका सिस्नेरीमा रहेको अखिल नेपाल फुटबल संघ (एन्फा) को एकेडेमीमा पहिरोमा पुरिएर ६ जनाएको निधन भएको थियो ।
निधन भएकाहरुमा अनुपम घलान मकवानपुर ,आदित्य बलम्पाकी सर्लाही, प्रियान्स आचार्य  काठमाडौं, साईमन योन्जन  मकवानपुर, विकल रेग्मी निजगढ र दिवस बानियाँ मकवानपुर रहेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*