आजबाट पितृपक्षको समापन हुदैं ,बडा दशैं भोलिबाट सुरु
हेटौंडा । आज असोज कृष्ण औँसी अर्थात् पितृपक्षको समापन हुदैं छ । असोज २ गतेदेखि प्रारम्भ भएको पितृपक्षको विधिवत् समापन गरिदैं छ ।
आजको औँसी श्राद्धलाई पितृप्रतिको श्रद्धा र सम्झनाको दिनको रूपमा मनाइन्छ । विशेषगरी, दिवङ्गत पितृहरूको लागि तर्पण, सिदादान र पिण्डदान गर्ने परम्परा यस दिनको प्रमुख गतिविधि हो। यसले केवल धार्मिक कर्तव्य पूरा गर्नमा मात्र सीमित रहनु हुँदैन, बरु परिवारका सदस्य र पितृका सम्झनामा एक जुट हुने अवसर पनि हो।
पितृपक्षको समाप्तिसँगै दुर्गापक्ष, अर्थात् बडा दशैंको पर्व पनि भोलिबाट सुरु हुदैं छ । दुर्गापक्षको अवसरमा शुभकामना र समृद्धिको कामना गर्दै पितृहरूको आशीर्वाद लिने प्रथा पनि उत्तिकै महत्वपूर्ण छ।
यस विशेष अवसरमा सबैले पितृको सम्झनामा श्रद्धा अर्पण गर्दै सुख, शान्ति र समृद्धिको कामना गर्ने गर्छन्