समाचार

रवि लामिछानेलाई म्याद थपको लागि आज कास्की जिल्ला अदालत लगिँदै

काठमाडौं । सहकारी ठगी र संगठित अपराधको कसुरमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेलाई म्याद थपको लागि आज कास्की जिल्ला अदालत लगिँदै छ । पूर्व उपप्रधानमन्त्री एवं गोर्खा मिडियाका पूर्वसञ्चालक रवि लामिछानेको बयान नसकिएकोले हिरासतमै राखेर अनुसन्धान गर्न म्याद थपको अनुमतिका लागि आज कास्की जिल्ला अदालत लगन लागेको हो...

सत्तारुढ दलको बैठक ९ बजेदेखि चल्दै

प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दलको बैठक बोलाएका छन । जसमा सरकारको एक सय दिनको समीक्षा, आगामी कार्ययोजना र समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गरिनेछ। बैठक आज बिहान ९ बजे देखि प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना भइरहेको छ।

आजदेखि १६औं ब्रिक्स शिखर सम्मेलन शुरू हुँदैं

काठमाडौं । आजदेखि १६औं ब्रिक्स शिखर सम्मेलन शुरू हुँदैछ । रुसको अध्यक्षतामा कजान शहरमा हुने सम्मेलनमा यो समूहका ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका गरी पाँच विकासशील देश सहभागी हुनेछन् । सम्मेलनको सन्दर्भमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता हुने बीबीसीले जनाएको छ...

सरकार गठनको सय दिन पूरा, नागरिकको निराशा सकेन र्चिन

काठमाडौं ।नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार गठन भएको आज एक सय दिन पूरा भएको छ। नागरिकमा देखिएको निराशा चिर्दै राजनीतिक स्थिरता कायम गर्ने, अर्थतन्त्रलाई चलायमान बनाउने र संविधान संशोधन गर्ने लक्ष्यसहित असार ३० गते सरकार गठन भएको हो। सरकार गठनलगत्तै कांग्रेस र एमालेका नेताहरुले अब एक दिन...

कुनै पार्टी फुटाएर एमालेमा मिलाउने योजना छैन् : प्रधानमन्त्री केपी शर्मा ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पार्टी फुटाएर एमालेमा मिलाउने आफूहरूको योजना नभएको बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा हिजो विपक्षी दलको ध्यानाकर्षण बुझ्दै उहाँले राजनीतिक दलसम्बन्धी अध्यादेशका सम्बन्धमा दलहरूले उठाएका प्रश्नबारे जवाफ दिनु भएको छ । प्रधानमन्त्री ओलीले संसदीय छानबिन समितिको प्रतिवेदनका आधारमा सहकारीसम्बन्धी अनियमिताका सम्बन्धमा अनुसन्धान...

हेटौँडा–कुलेखानी–फाखेल–सिस्नेरी–काठमाण्डौ सडक दुईतर्फी खुल्यो

हेटौंडा । हेटौँडा–कुलेखानी–फाखेल–सिस्नेरी–काठमाण्डौ सडक दुईतर्फी सञ्चालनमा आएको छ। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सिमखोलामा ह्युमपाइप राखेर मर्मत भएपछि सडक सञ्चालनमा आएको हो । गएको असोज १० देखि १२ गतेसम्मको अविरल वर्षासँगै आएको बाढी र पहिरोले सडकमा ठूलो क्षति पुर्याएको थियो। उक्त स्थानमा ह्युमपाइप राख्नुपर्ने आवश्यकताका कारण कात्तिक २ गतेदेखि सडक एकतर्फी...

ओलीको शासन देशका लागि दुर्भाग्य हो : रवि लामिछाने

कास्की जिल्ला अदालतमा म्याद थपको प्रक्रियामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भ्रष्टाचारको प्रमुख आरोपीको रूपमा चित्रित गरेका छन्। उनले ओलीको शासन देशका लागि दुर्भाग्यको रूपमा चित्रित गर्दै आफ्ना समर्थकहरुलाई आन्दोलनमा उत्रिन आह्वान गरेका छन्। लामिछानेले आईतवार सञ्चारकर्मीहरूसँग कुरा गर्दै, “यदि म जस्तै डेढ...

बागमती प्रदेश लोक सेवा आयोगको अध्यक्षमा श्रेष्ठ

बागमती प्रदेश लोक सेवा आयोगको अध्यक्षमा महेश्वर श्रेष्ठ नियुक्त हुनुभएको छ । बागमती प्रदेश प्रमुख दिपक प्रसाद देवकोटाले आईतबार श्रेष्ठलाई प्रदेश लोकसेवा आयोग ऐन, २०७६ को दफा ३ को उपदफा (१) बमोजिम गठित सिफारिस समितिको सिफारिसमा दफा ४ को उपदफा (४) बमोजिम नियुक्त गर्नुभएको हो । श्रेष्ठ नवलपरासी पूर्वको...

पोखरामा रास्वपा कार्यकर्ताको विरोध प्रदर्शन, निषेधाज्ञा तोडियो

पोखराको सहिदचोकमा गण्डकी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले निषेधाज्ञा तोडेर विरोध प्रदर्शन गरेका छन्। जिल्ला प्रशासन कार्यालय, कास्कीले आज बिहानदेखि पोखरा शहिदचोक र ग्रैहापाटन क्षेत्रका लागि निषेधाज्ञा जारी गरेको थियो। सहकारीको रकम अपचलनको आरोपमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेलाई अदालतमा उपस्थित गराउने क्रममा कार्यकर्ताले प्रदर्शन गरेपछि प्रहरीले...

ललितपुरको सातदोबाटोमा महानगर यातायातको बसमा आगलागी

ललितपुर । ललितपुरको ललितपुर महानगरपालिका -१५, सातदोबाटो चोक नजिक बस पकेटमा रोकिराखेको यात्रुवाहक बसमा आगलागी भएको छ । शनिबार साँझ ०४:४५ बजेतिर रोकिएको चक्रपथमा चल्ने महानगर यातायातको बा ४ ख १०६ नम्बरको बसमा आगलागी भएको छ । आगलागी भएको केही समयमा नै दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी...