आज भाइटीका: उत्तम साइत बिहान ११:३७ बजे
हेटौंडा, १८ कात्तिक। आज भाइटीका पर्वको अवसरमा दिदीबहिनीहरूले आफ्ना दाजुभाइलाई सप्तरंगी टीका लगाएर मनाउँदैछन्। यमपञ्चकको पाँचौं दिन मनाइने यो पर्व, नेपाली संस्कृति र परम्पराको एक महत्वपूर्ण हिस्सा हो।
उत्तम साइतको रूपमा बिहान ११:३७ बजे टीका लगाउने समय तोकिएको छ। दिदीबहिनीहरूले दाजुभाइलाई टीका लगाउने फलफुल मेवा मिस्टाण्ड तथा लत्ता कपडा र विभिन्न उपहार दिने प्रचलन चलिरहेको छ। दाजुभाइहरूले पनि दिदीबहिनीलाई टीका पैसा विभिन्न प्रकारका गिफ्टह उपहारहरू दिने चलन रहेको छ।
धर्मशास्त्रका अनुसार, दिदीबहिनीलाई पूजा गर्दा अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने मान्यता रहेको छ। यसरी भाइटीका पर्वले दाजुभाइ र दिदीबहिनीको सम्बन्धलाई अझ प्रगाढ बनाउँछ।
दिदीबहिनीको माया र आशीर्वादको प्रतीकको रूपमा मनाइने यो पर्वमा सबैले एकआपसमा प्रेम र सद्भावको आदानप्रदान गर्न पाउँछन् ।