स्कुटरको ठक्करबाट एक महिलाको मृत्यु

संवाददाता
२०८१ कार्तिक १९, सोमबार २०:१९

हेटौंडा । मकवानपुरको पुर्वी क्षेत्र बकैया गाउँपालिका वडानम्बर– ४ हरामिटोलमा स्कुटरको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

मदन भण्डारी लोकमार्गमा हेटौडाबाट सिन्धुली तर्फ आउदै गरेको बा प्र ०३–००४प ७२७६ नंबरको स्कुटरले बाटो क्रस गर्ने क्रममा बागमती गाउँपालिका–४ बस्ने ४८ वर्षकी गंगा पहरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक स्यामु अर्यालले बताउनु भयो ।

पहरीको हेटौंडाको चुरेहिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*