अमेरिकामा राष्ट्रपति चयन गर्न आज मतदान हुँदै

संवाददाता
२०८१ कार्तिक २०, मंगलवार ०८:३८

काठमाडौं । अमेरिकामा राष्ट्रपति चयनको लागि कमला ह्यारिस र डोनाल्ड ट्रमपबीच आज मतदान हुन लागेको छ ।

पूर्वराष्ट्रपति ट्रम्प रिपब्लिकन हुन् भने उपराष्ट्रपति बनिसकेकी कमला डेमोक्रेट पार्टीबाट उम्मेदवार बन्नु भएका हुन । उनीहरू दुवैले अमेरिकाको सबैभन्दा महत्वपूर्ण मानिने पेन्सिलभेनिया राज्यमा प्रचार गरेका थिए ।

ट्रम्पले ह्वाइट हाउसमा सनसनीपूर्ण फर्काइका लागि भन्दै मत मागिरहेका छन् भने ह्यारिसले अमेरिकाको पहिलो महिला राष्ट्रपति बन्ने आफ्नो प्रयास गरिरहेकी छन् ।

यस निर्वाचनबारे भएका सर्वेक्षणहरूले दुई उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने देखाएका छन् । केही सर्वेक्षणमा ह्यारिस ट्रम्पभन्दा थोरै अघि देखिएकी छन् ।

अमेरिकामा सात करोड ८० लाखभन्दा बढी मतदाताले पहिले नै मतदान गरिसकेका छन् । यो सन् २०२० मा खसेको कूल मतको लगभग आधा हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*