आजबाट सरकारी कार्यालय खुल्दै, कार्यालय खुल्ने समय एक घण्टा छोटियो
काठमाडौ । आजदेखि सरकारी कार्यालय खुल्दै छ । तिहार पर्वको बिदापछि आज सरकारी कार्यालय खुल्न लागेको हो भने सरकारी कार्यालय खुल्ने समय पनि एक घण्टा छोटिने भएको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार जाडोयाममा दिन छोटो हुने भएकोले कार्यालय खुल्ने समय पनि छोटिएको हो ।
गएको बिहीवार कात्तिक १५ गतेदेखि नै सरकारी कार्यालयको समय एक घण्टा छोटिएपनि तिहार बिदा परेका कारण आजदेखि सरकारी कार्यालयहरु बिहान १० बजे खुल्ने र बेलुका ४ बजे बन्द हुनेछन् ।
गएको माघ १६ देखि कात्तिक १५ सम्म बिहान १० बजे कार्यालय खुलेर बेलुका ५ बजे बन्द हुँदै आएको थियो ।