समाचार

महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६औँ जन्मजयन्ती मनाउँदै

काठमाडौँ । नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म विसं १९६६ मा कात्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा भएको थियो । दश वर्षको उमेरमा कविता लेख्न सुरु गर्नुभएका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य,...

भाइटीकाको साइत ११ बजेर ३७ मिनेटमा

हेटौंडा । यस बर्ष कात्तिक १८ गते आइतबार भाइटीकाको परेकाे छ । भाइटीकाको साईत भने विहान ११ बजेर ३७ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । त्यस्तै  कात्तिक १४ गते काग तिहार, १५ गते कुकर तिहार परेको छ  भने साेहि  दिन साँझ लक्ष्मीपूजा पनि रहेकाे  नेपाल पञ्चाङ्ग...

रास्वपा केन्द्रीय समिति बैठक बस्दैं

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठक शनिबार दिउँसो १ बजेका लागि तय भएको छ । समसामयिक राजनीतिक गतिविधि, आगामी कार्यदिशा र विविध गरी तीन जना एजेन्डा तय गरिएको कार्यबाहक प्रवक्ता मनिष झाले जानकारी दिनु भयो । पार्टी सभापति रवि लामिछाने सहकारी प्रकरणमा पक्राउ परेपछि आन्दोलित बनेको...

आज ‘राष्ट्रिय जलवायु सम्मेलन’ आयोजना हुने

काठमाडौं । आज वन तथा वातावरण मन्त्रालयको आयोजनामा ‘राष्ट्रिय जलवायु सम्मेलन’ आयोजना हुने भएको छ । आज राष्ट्रिय जलवायु सम्मेलनुमा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नु हुने भएको छ । वातावरण संरक्षण र जलवायु परिवर्तन व्यवस्थापनका प्रमुख मुद्दाहरूमा ध्यान केन्द्रित गर्ने अवसर प्रदान गर्नेछ। डा. सिन्धुप्रसाद ढुङ्गानाका अनुसार, नोभेम्बर...

माओवादी केन्द्रले आज काठङ्गाडौंमा खबरदारी सभा गर्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रले आज काठङ्गाडौंमा खबरदारी सभा गर्दैछ । सरकारका गलत कदमको विरोध र गर्नुपर्ने कामका लागि ध्यानाकर्षण गराउन खबरदारी सभा गर्न लागिएको माओवादी केन्द्रले जनाएको छ । माओवादी केन्द्रले विपत् व्यवस्थापनमा देखिएको सरकारको असंवेदनशीलता, गैरजिम्मेवारीपन र योजनाविहीनताका कारण बेपत्ताहरुको खोजी, राहत वितरण, घाइतेहरुको उपचार, अस्थायी आवास...

रवि लामिछाने र छविलाल जोशीविरुद्ध रुपन्देहीबाट पनि पक्राउ पुर्जी जारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र उनका व्यावसायिक साझेदार छविलाल जोशीसहित १२ जनाविरुद्ध रुपन्देहीबाट पक्राउ पुर्जी जारी भएको छ। बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ता नारायणबहादुर पहराईको जाहेरी गरेको हो । जिल्ला न्यायाधीश श्यामप्रसाद श्रेष्ठको इजलासले पक्राउ गर्न अनुमति दिएको छ। सहकारी...

मकवानपुरमा चोरी र लागूऔषध ओसारपसार आरोपमा नौ जना पक्राउ

मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले चोरी र लागूऔषध ओसारपसारको आरोपमा नौ जनालाई पक्राउ गरेको छ । बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक विश्वराज खड्काले विभिन्न घटनाबारे जानकारी दिनुभएको हो । प्रहरीले १०५ किलो ६९ ग्राम गाँजा सहित बसामाडी–३ का २४ वर्र्षीय पन्चलाल थिङलाई पक्राउ गरेको छ । गाँजा...

सुप्रिम दहालको रिट: थुनुवाको न्यायिक प्रक्रियामा उपस्थितीको आवश्यकता

हेटौंडा । मुद्दाको सुनुवाईको क्रममा थुनुवालाई उपस्थित नगराएको भन्दै उच्च अदालत पाटन हेटौंडा ईजलाशले जिल्ला अदालत मकवानपुर, कारागार कार्यालय भिमफेदी समेतका नाममा कारण देखाऊ आदेश जारी गरेको छ । आफ्ना बिरुद्द भएका काम कारबाहीको प्रत्यक्ष जानकारी पाउने अधिकार संबिधानले थुनुवालाई प्रदान गरेको भन्दै रिट निबेदक सुप्रिम दहालले रिट निबेदन...

बिर्जु राई: स्वावलम्बी जीवनको संघर्ष र सफलता

बिर्जु राई, एक साधारण किसानका छोरा , तर उनको जीवनको कथा साधारणभन्दा निकै विशेष छ। बिर्जु वर्षौंदेखि बाँसको हस्तकलामा लागीपर्दै आयका छन्। उनले यो कला केवल जीविकोपार्जनको साधन मात्र बनाएनन आफ्नो पहिचानको रूपमा पनि विकसित गरे। सुरुवाती दिनमा बिर्जुको परिवारलाई खेतबारीमा ज्याला मजदुरी गरेर गुजारा गर्नुपथ्र्यो। तर, उनले सँधै...

बीपी राजमार्गमा चौबीसै घण्टा गाडी चलाउन मिल्ने

काठमाडौं । बीपी राजमार्गको धुलिखेलदेखि भकुण्डेबेँसीसम्म चौबीसै घण्टा गाडी चलाउन मिल्ने सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ । असोजको ११ र १२ गतेको अविरल वर्षापछिको बाढीपहिरो कारण क्षति भएको बीपी राजमार्गअन्तर्गको धुलिखेल–भकुण्डेबेँसी–बर्खेखोला सडक खण्डमा बेलुकी ६ बजेदेखि बिहान ४ बजेसम्म गाडी सञ्चालनमा रोक लगाइएको थियो । बाढीपहिरोका कारण काभ्रेतर्फ...