सर्वोच्च अदालतका लागि प्रस्ताबित न्यायाधीशद्वय नृपध्वज निरौला र नित्यानन्द पाण्डे अनुमोदित

संवाददाता
२०८१ कार्तिक २३, शुक्रबार १९:१३

काठमाडौ । सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीशद्वय नृपध्वज निरौला र नित्यानन्द पाण्डे को नाम संसदीय सुनुवाई समितिले अनुमोदित गरेको छ। शुक्रबार सिंहदरबारमा बसेको बैठकमा समितिका ज्येष्ठ सदस्य पशुपतिसमशेर जबराले यी दुवै न्यायाधीशको नाम योग्यता, क्षमता र अनुभवको आधारमा अनुमोदन गरिएको जानकारी दिएका छन्।

संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्य सञ्चालन नियमावली, २०८० तथा संसदीय सुनुवाई समितिको कार्यविधि २०८० बमोजिम समितिमा सुनुवाई गर्दा दुवै न्यायाधीशको नाम अनुमोदन गरिएको जबराले बताए ।

संसदीय सुनुवाई समितिको अनुमोदनपछि, अब न्यायाधीशहरूको नियुक्ति प्रक्रिया राष्ट्रपतिको स्वीकृतिपछि अघि बढ्नेछ। संविधान अनुसार, न्यायाधीश नियुक्तिको लागि संसदीय सुनुवाई समितिको अनुमोदन अनिवार्य छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*