रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अदालतको अनुमति

संवाददाता
२०८१ कार्तिक २५, आईतवार १७:२८

काठमाडौ । पर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

सहकारी ठगी र सङ्गठित अपराध कसूरमा पक्राउ परेका लामिछानेलाई चौथो पटक म्याद थप्न आज प्रहरीले जिल्ला अदालत कास्कीमा उपस्थित गराएको थियो । न्यायाधीश नवराज दाहालले लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अनुमति दिनुभएको हो । लामिछानेसँगै गोर्खा मिडिया नेटवर्कका अर्का सञ्चालक पूर्वडीआईजी छविलाल जोशी, उस्तै कसूरमा पक्राउ परेका लीला पछाईं र रामबहादुर खनाललाई १३ दिन हिरासतमा राख्न म्याद थप भएको छ ।

रास्वपाले लामिछानेको बचाउमा आज पनि पोखरामा प्रदर्शन गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*