सत्रकिलोमा दुर्घटनामा परि ज्यान गुमाउने पाँचै जनाको पहिचान खुल्यो

संवाददाता
२०८१ कार्तिक २३, शुक्रबार १९:२२

चितवन । चितवनको भरतपुर महानगरपालिका २९ स्थित सत्रकिलोमा आज बिहान बस र माइक्रोबस ठोक्किँदा ज्यान गुमाएका पाँचै जनाको पहिचान खुलेको छ ।

दुर्घटनामा परी ज्यान गुमाउनेमा माइक्रो चालक चितवनको खैरहनी नगरपालिका–४ का अनोज अधिकारीसहित माइक्रोमै रहेका गोरखाको आरुघाट गाउँपालिका–५ का राजबहादुर गुरुङ, भारत घर भई पोखरा बस्ने राजकुमार साह, नवलपरासीको विनय त्रिवेणी गाउँपालिका–४ का सन्तोष भुसाल र सबिना भुसाल रहेका छन् । मृतकका आफन्तहरूले अस्पताल पुगेर शव पहिचान गरेका हुन् ।

माइक्रोमा रहेका एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालले जानकारी दिनुभयो । बस चालक मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ९ का सूर्य विक्रम विष्टलाई प्रहरीले पक्राउ गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*