रास्वपा केन्द्रीय समितिको बैठक बस्दै
![](https://creatornepal.com/wp-content/uploads/2024/10/rsp_party_office_FO9JdPNKvE.jpeg)
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज बिहान ११ः३० बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने भएको छ ।
बैठकमा मंसिर १६ गते हुन गइरहेको स्थानीय तह उपनिर्वाचनको तयारी र परिचालन, समसामयिक राजनीतिक गतिविधि, पार्टीको साङ्गठनिक गतिविधि, आगामी राजनीतिक सहकार्यका न्यूनतम मुद्दाहरू र अहिले गरिरहेको आन्दोलन लगायतबारे छलफल हुने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिनु भयो ।