समाचार
बागमती प्रदेश सरकारको एक सय दिनको उपलव्धी आगामी मंसिर ३ गते सार्वजनिक गर्दै
हेटौंडा । आगामी मंसिर ३ गते बागमती प्रदेश सरकारको एक सय दिनको उपलव्धी सार्वजनिक गर्ने भएको छ। नेपाली कांग्रेस र नेकपा एमालेबीचको गठबन्धनको बागमती प्रदेशस्तरीय संयन्त्रको बैठकमा उक्त निर्णय गरिएको हो। बैठकको अध्यक्षता नेपाली कांग्रेसका बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले गरेका थिए। बैठकमा बागमती प्रदेश सरकारका मन्त्रीहरूको संयुक्त बैठक...
बागमती प्रदेशमा कांग्रेस नेतृत्वको सरकारको १०० दिन पूरा, बिनाविभागीय मन्त्रीको जिम्मेवारी अझै टुंगो लागेन
हेटौंडा । बागमती प्रदेशमा नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सरकारको एक सय दिन पूरा भएको छ। कात्तिक १५ गते कांग्रेस र एमालेको संयुक्त सरकारको गठन भएको १०० दिन भएको छ तर पनि, सरकारमा बिनाविभागीय मन्त्रीका रुपमा नियुक्त भएका मदुकुमार श्रेष्ठको भने अझै जिम्मेवारी तोकिएको छैन् । गत साउन ९ गते...
रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अदालतको अनुमति
काठमाडौ । पर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । सहकारी ठगी र सङ्गठित अपराध कसूरमा पक्राउ परेका लामिछानेलाई चौथो पटक म्याद थप्न आज प्रहरीले जिल्ला अदालत कास्कीमा उपस्थित गराएको थियो ।...
फाल्गुनन्दको एक सय ४०औँ जन्मजयन्ती आज मनाइँदै
काठमाडौँ । किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको एक सय ४०औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । विसं १९४२ कात्तिक २५ गते इलाममा सामान्य परिवारमा फाल्गुनन्दको जन्म भएको थियो । किराँत, भाषा, लिपि, संस्कार, संस्कृति एवं समाज सुधारमा उहाँको महत्त्वपूर्ण योगदान रहेको छ । समाज सुधारका लागि फाल्गुनन्दले नीति...
राष्ट्रपति रामचन्द्र पौडेल आज अजरबैजान जाँदै
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज अजरबैजान जाँदै छन् । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९)मा भाग लिन उहाँ अजरबैजानको बाकु शहर तर्फ प्रस्थान गर्न लागेका हुन् । उक्त सम्मेलनमा सहभागी हुन राष्ट्रपति पौडेल उच्चस्तरीय नेपाली प्रतिनिधिमण्लको नेतृत्व गर्दै बाकु जान लागेका हुन् ।...
प्रचण्डलाई थाहामा भव्य स्वागत
पूर्व प्रधानमन्त्री र नेपाल कम्युनिष्ट पार्टी ( माओवादी केन्द्र ) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ थाहा नगरमा आइपुगेका छन्। उहाँलाई पार्टीका नेता तथा कार्यकर्ताले अत्यन्तै भव्य स्वागत गरेका छन्। चित्लाङ र बज्रबाराही जस्ता स्थानमा स्थानीय जनता र पार्टीका कार्यकर्ताले प्रचण्डलाई भव्य स्वागत गरेका हुन्। प्रचण्डलाई स्थानीयले सडकको दाँया-बायाँ घडाहरू...
राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सर्वोच्च अदालतले दिएको आदेशविरूद्ध सरकारको भ्याकेट
काठमाडौ । सर्वोच्च अदालतको अन्तरिम आदेशले सरकारको राष्ट्रिय परिचय पत्र अनिवार्यता नीतिमा चुनौती प्रस्तुत गरेको छ। अदालतले गत भदौ ७ गते न्यायाधीशहरू मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको इजलासले यो कार्ड सामाजिक सुरक्षा भत्ता वा अन्य कार्यहरूका लागि अनिवार्य नगर्न आदेश दिएको थियो। यस आदेशको विरोध गर्दै सरकारले भ्याकेट निवेदन...
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा धमाधम अन्तर्राष्ट्रिय उडान हुदै
भैरहवा । मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा धमाधम अन्तर्राष्ट्रिय उडान हुन थालेको छ । सोही क्रममा आज तीनवटा अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान सञ्चालन गर्दैछन् । निर्माण सम्पन्न भएको लामो समयपछि यो विमानस्थलमा नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स), जजिरा एयर र फ्लाई दुबईले अन्तर्राष्ट्रिय उडान भर्न लागेका हुन्...
रास्वपा केन्द्रीय समितिको बैठक बस्दै
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज बिहान ११ः३० बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने भएको छ । बैठकमा मंसिर १६ गते हुन गइरहेको स्थानीय तह उपनिर्वाचनको तयारी र परिचालन, समसामयिक राजनीतिक गतिविधि, पार्टीको साङ्गठनिक गतिविधि, आगामी राजनीतिक सहकार्यका न्यूनतम मुद्दाहरू र अहिले गरिरहेको आन्दोलन लगायतबारे छलफल...
सत्रकिलोमा दुर्घटनामा परि ज्यान गुमाउने पाँचै जनाको पहिचान खुल्यो
चितवन । चितवनको भरतपुर महानगरपालिका २९ स्थित सत्रकिलोमा आज बिहान बस र माइक्रोबस ठोक्किँदा ज्यान गुमाएका पाँचै जनाको पहिचान खुलेको छ । दुर्घटनामा परी ज्यान गुमाउनेमा माइक्रो चालक चितवनको खैरहनी नगरपालिका–४ का अनोज अधिकारीसहित माइक्रोमै रहेका गोरखाको आरुघाट गाउँपालिका–५ का राजबहादुर गुरुङ, भारत घर भई पोखरा बस्ने राजकुमार साह,...









