खेलकुद क्षेत्रको विकासमा राज्यले प्राथमिकता दिनुपर्छ : खेलकुदमन्त्री मीनकृष्ण महर्जन
हेटौंडा । बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले खेलकुद क्षेत्रको विकासमा राज्यले प्राथमिकता दिनुपर्ने बताउनु भएका छन् ।
हेटौंडा–३ मा आयोजित प्रथम मकवानपुर जिल्ला स्तरीय कराते प्रतियोगितालाई सम्बोधन गर्दै मन्त्री महर्जनले व्यक्तिको स्वास्थ्य तथा सामाजिक र आर्थिक विकासमा खेलकुद क्षेत्रको महत्व रहेको भन्दै राज्यले प्राथमिकता दिनुपर्नेमा जोड दिनु भयो ।
युवाहरूको प्रतिभाको पहिचान र सृजनात्मकताको विकास, पर्यटन, रोजगारमार्फत् आर्थिक विकासमात्रै नभई राष्ट्रको अन्तर्राष्ट्रिय पहिचानमा समेत खेलकुदले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै राज्यले स्थानीय र राष्ट्रिय स्तरमा खेलकुदका कार्यक्रमहरूलाई प्रोत्साहित गर्नुपर्ने उनले बताउनु भयो ।
लेवट डोजोरइन्टरनेशनल बादो फेडेरेशन नेपाल र नेपाल कराते महासंघको संयुक्त आयोजनामा भएको प्रतियोगितामा जिल्ला भरका करिब २ सय जना महिला तथा पुरुष खेलाडीहरुले सहभागी थिए ।
कार्यक्रममा विजेता खेलाडीहरुलाई शिल्ड मेडल तथा प्रमाणपत्र वितरण गरिएको छ ।
डोजोका अध्यक्ष पेमा लामाको अध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्ष ढलकबहादुर थापा, नेपाली कांग्रेसका नेता प्रभातकुमार दाहाल, आठौँ साफ स्वर्ण पदक विजेता तथा नेपाल कराते महासंघका सदस्य रवि महर्जन, खेलकुदसम्वद्ध संघ संस्थाका राजु मुक्तान, रविन्द्र घिमिरे, प्रमुख प्रशिक्षक मोहन महर्जन तथा डोजोका सल्लाहकार टेकनाथ शिवाकोटीलगायतले खेलकुद क्षेत्रको प्रर्वद्धनको विषयमा धारणा राखेका थिए ।