मनोनयनपत्र दर्ता प्रक्रिया आजदेखि सुरु

संवाददाता
२०८१ मंसिर २, आईतवार ०९:२५

काठमाडौ । स्थानीय तह उपनिर्वाचनका लागि मनोनयनपत्र दर्ता प्रक्रिया आजदेखि सुरु हुँदैछ। आज मङ्सिर ३ गते बिहान १० बजे देखि अपराह्न ५ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता हुनेछ। मनोनयन दर्ता पछि, उम्मेदवारहरूको सूची आज साँझ ५ देखि ६ बजेसम्म प्रकाशित हुने निर्वाचन आयोगका जनाएको छ ।

उपनिर्वाचनका लागि ३८ वटा निर्वाचन अधिकृतका कार्यालयहरू स्थापना गरिएका छन्, जसमा ३२ मुख्य निर्वाचन अधिकृत र ६ निर्वाचन अधिकृतका कार्यालय रहेका छन्। निर्वाचन आयोगले स्थानीय तहका रिक्त पदहरूको लागि महिला उम्मेदवारलाई प्राथमिकता दिने निर्देशन पनि दिएको छ।

मनोनयनपत्र दर्तापछि, उम्मेदवारको विरोधमा उजुरी दिने र अन्य प्रक्रियाहरू क्रमशः सम्पन्न हुनेछन्। उपनिर्वाचन मङ्सिर १६ गते सम्पन्न हुनेछ, र मतदान बिहान ७ देखि अपराह्न ५ बजेसम्म हुनेछ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*