रवि लामिछानेविरुद्ध चितवनबाट पनि पक्राउ पुर्जी जारी

संवाददाता
२०८१ मंसिर ८, शनिबार ०८:३२

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका ( रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध चितवनबाट पनि पक्राउ पुर्जी जारी भएको छ । सहकारी ठगी प्रकरणमा रविसँगै पूर्व डीआईजी छविलाल जोशीसहित १० जनाविरुद्ध पुर्जी जारी भएको हो ।

चितवन जिल्ला अदालतका न्यायाधीश दयाराम ढकालले उनीहरुलाई पक्राउ गर्न अनुमति दिएका छन् । सहारा बचतको रकम अपचलनमा संलग्न १० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको जिल्ला प्रहरी कार्यालय चितवनका एसपी गौतम मिश्रले जानकारी दिए ।

चितवनस्थित सहारा बचतका पीडितले उनीहरू विरूद्ध पुरक जाहेरी दिएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*