विकास निर्माणले बिनास निम्याउन सक्छ : उपप्रधानमन्त्री सिंह

संवाददाता
२०८१ मंसिर ६, बिहीबार १५:५८

उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले विकासका काममा प्रकृतिमैत्री र वातावरणमैत्री प्रविधिको प्रयोग गर्नुपर्ने आवश्यकतालाई जोड दिनु भएको छ । उहाँले विशेषगरी सडक र बाटो निर्माणमा प्रविधिको प्रयोग गर्दा प्राकृतिक विपद्हरू हुने जोखिम रहेको बताउनु भएको छ ।

बिहीबार काठमाडौँमा आयोजित प्रादेशिक र स्थानीय सडक सुधार कार्यक्रमको एमओयू हस्ताक्षर कार्यक्रममा सम्बोधन गर्दै मन्त्री सिंहले गत असोजमा आएको बाढी र पहिरोले नेपाली सडक संरचनाका असल योजना र निर्माण प्रविधिका अभावका कारण ल्याएको समस्याको गम्भीरता व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, सडक र बाटो निर्माण मात्र विकासको समाधान होइन, यस्ता संरचनाहरु बनाउँदा प्राकृतिक घटनाहरुको असरलाई पनि ध्यानमा राख्नुपर्छ।

मन्त्री सिंहले नेपालको भौगोलिक अवस्थिति र प्राकृतिक संरचनालाई समृद्ध बनाउँने उद्देश्यले मात्र विकास निर्माण गर्नुपर्नेमा जोड दिएका छन्। उनका अनुसार, असोजको बाढी र पहिरोले यो प्रमाणित गरेको छ कि हतारमा मेसिनहरूको प्रयोग गर्दा दीगो परिणाम नआउन सक्छ, जसले पारिस्थितिकीय र भौगोलिक सन्तुलनमा नकरात्मक असर पुर्याउन सक्छ।

विकासका लागि ग्रामीण सडक र बाटोहरुको निर्माण गर्दा, उहाँले जनशक्ति र सस्तो, वातावरणमैत्री प्रविधिको प्रयोग गर्न आग्रह गर्नुभयो। नेपालका गाउँपालिका र नगरपालिकामा अहिले बनाइरहेका बाटोहरुले भूक्षय र बाढी पहिरो जस्ता समस्याहरु निम्त्याएका छन्,ू उहाँले भन्नुभयो। अब हामीलाई सोच्नुपर्ने बेला आयो निर्माण कार्यहरु वातावरण र प्रकृति अनुरूप हुनु पर्छ ताकि दीगो र प्रभावकारी विकास हुन सकोस्।

उपप्रधानमन्त्री सिंहले तीन तहका सरकारको सहकार्य र समन्वयका माध्यमबाट मात्रै दिगो र वातावरणमैत्री विकास सम्भव हुने विश्वास व्यक्त गर्नु भस्को छ । देशको भौगोलिक अवस्थिति र परिप्रेक्ष्यलाई ध्यानमा राखेर मात्रै विकास निर्माणका काम गर्न सकिन्छ। हतारमा भएका कामहरु परिपूर्ण र दीगो हुँदैनन्,ू उहाँले थप्नुभ

यो ।

सडक र बाटो निर्माणमा प्रविधि र पारिस्थितिकीय सन्तुलनका बीचको समन्वयलाई प्रमुख मान्दै मन्त्री सिंहले जनशक्ति र स्थानीय स्रोतको अधिकतम उपयोग गरेर नेपालको विकास र सुरक्षा सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*