हेटौंडा उपमहानगरपालिका–१२ को वडाध्यक्ष पदका लागि १४ जनाको उम्मेदवारी दर्ता

अशोक बजगाँई
२०८१ मंसिर २, आईतवार १८:३८

हेटौंडा – हेटौंडा उपमहानगरपालिका–१२ को वडाध्यक्ष पदको उपनिर्वाचनका लागि विभिन्न दल र स्वतन्त्र उम्मेदवारहरूको ठूलो प्रतिस्पर्धा देखिएको छ। मंसिर १६ गते हुने उपनिर्वाचनमा वडाध्यक्ष पदको लागि कुल १४ जनाले उम्मेदवारी दर्ता गराएका छन्। यस वडामा विभिन्न राजनीतिक दलहरूको प्रचण्ड प्रतिस्पर्धा छ, जसले निर्वाचनलाई अत्यन्तै रोचक बनाइदिएको छ।

वडाध्यक्ष पदको उपनिर्वाचनको लागि प्रमुख दल नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी र अन्य दलहरूको उम्मेदवारहरूले उम्मेदवारी दर्ता गराएका छन्। यस उपनिर्वाचनमा कांग्रेस, एमाले, माओवादी, रास्वपा, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी लगायतका दलका उम्मेदवारहरू प्रतिस्पर्धामा छन्। साथै, केही स्वतन्त्र उम्मेदवार पनि मैदानमा आएका छन्, जसले चुनावी मैदानमा थप चुनौती थपेको छ।

नेपाली कांग्रेसका अर्जुन तिवारीको उम्मेदवारी

नेपाली कांग्रेसका अर्जुन तिवारीले उपनिर्वाचनमा गरी वडाध्यक्ष पदका लागि तेस्रो पटक पुनः वडाध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका छन्। तिवारीले २०७९ को स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रका उम्मेदवार ललित बहादुर घलानसँग ३१ मतको अन्तरले पराजय भोगेका थिए। उक्त निर्वाचनमा घलानले १ हजार ३ सय ७१ मत ल्याउँदा तिवारीले १३ सय ४० मत प्राप्त गरेका थिए। २०७४ को स्थानीय तह निर्वाचनमा समेत तिवारीलाई घलानले नै हराएका थिए।

नेकपा एमालेका राजेश नगरकोटी

नेकपा एमालेका राजेश नगरकोटीले पनि उम्मेदवारी दर्ता गरेका छन्। नगरकोटी २०७९ को स्थानीय तह निर्वाचनमा तिवारीसँग झिनो मतान्तरमा पराजित भएका थिए। एमालेका नेता अर्जुन प्रसाद अर्यालको समर्थक तथा बखान सिंह घलानको प्रतास्वकमा उनले यो उपनिर्वाचनमा पुनः उम्मेदवारी दर्ता गराएका हुन । आफूलाई यो अवसर दोस्रोपटक जितमा परिणत गर्ने आशा रहेको बताएका छन्। नगरकोटी १ हजार ३ सय २५ मत प्राप्त गरेर तेस्रो स्थानमा आएका थिए भने क्त निर्वाचनमा नेकपा माओवादी केन्द्रका उम्मेदवार ललित बहादुर घलान १ हजार ३ सय ७१ मत प्राप्त गरी बिजयी भएका थिए ।

माओवादी केन्द्रका रविन प्रधान

नेकपा माओवादी केन्द्रले युवा नेता रविन प्रधानलाई उम्मेदवारको रूपमा प्रस्तुत गरेको छ। माओवादी केन्द्रका उम्मेदवार ललित बहादुर घलान जिल्ला समन्वय समितिको प्रमुखमा निर्वाचित भएपछि रिक्त भएको वडाध्यक्ष पदमा प्रधानले उम्मेदवारी दिएका छन्। प्रधानले पार्टीको साख जोगाउने र यस वडामा माओवादीको नेतृत्व कायम राख्ने दाबी गरेका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रेमबहादुर भ्लोन

राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का प्रेमबहादुर भ्लोनले पनि उम्मेदवारी दर्ता गरेका छन्। राप्रपा यस वडामा बलियो पकड राख्ने दलको रूपमा चिनिन्छ र भ्लोनको उम्मेदवारी राप्रपाको स्थिति मजबुत बनाउनका लागि महत्त्वपूर्ण मानिएको छ। उनले तिलकबहादुर जर्गाको प्रस्ताव र हिरामणि चौलागाईंको समर्थनमा मनोनयन दर्ता गरेका हुन् ।

अन्य दल र स्वतन्त्र उम्मेदवार

यस निर्वाचनमा अन्य दल र स्वतन्त्र उम्मेदवारहरूको पनि प्रतिस्पर्धा रहनेछ। एकीकृत समाजवादी पार्टीका बलराम बल, जनता समाजवादी पार्टी नेपालका छविलाल वाईबा  (पहाड), मंगोल नेशनल अर्गनाईजेशनका दिपा लामा र नेपाल मजदुर किसान पार्टिका फुलमाया तितुङ लगायतका उम्मेदवारहरूले पनि उम्मेदवारी दर्ता गरेका छन्। यिनका अलावा, स्वतन्त्र उम्मेदवारको रूपमा छत्र प्रकाश अधिकारी, गिता कुमारी नेवार, कुमार पोखरेल, युनेश लामा सिंतान र अर्जुन घलानले पनि आफ्नो उम्मेदवारी दर्ता गराएका छन्।

उम्मेदवारहरूको समर्थन र प्रतिस्पर्धा

यस उपनिर्वाचनमा प्रमुख दलका उम्मेदवारहरूको बीचमा तीव्र प्रतिस्पर्धा छ। नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपा जस्ता ठूला दलहरूको उम्मेदवारहरू बीचको प्रतिस्पर्धाले यस निर्वाचनलाई अत्यन्तै रोचक बनाएको छ। साथै, स्वतन्त्र उम्मेदवारहरूको सहभागिताले थप चुनौती थपेको छ, जसले मुख्य दलका उम्मेदवारहरूको लागि चुनावी रणनीतिमा परिवर्तन ल्याउन सक्छ।

वडाध्यक्ष पदको यो उपनिर्वाचनले हेटौंडा उपमहानगरपालिकामा ठूलो राजनीतिक महत्व राखेको छ । यस वडामा ८ हजार ५३ मतदाता रहेका छन्, जसमा ४ हजार १७४ महिला, ३ हजार ८७८ पुरुष र १ अन्य मतदाता रहेका छन्। उम्मेदवारहरूले आफ्नो चुनावी अभियानलाई जनतासँग नजिक बनाएर, सामाजिक सञ्जाल, वडास्तरीय बैठक र प्रचार-प्रसार गतिविधिहरूमा  तिब्र रुपमा लागेका छन्।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*