हेटौंडामा सवारी दुर्घटनामा तीन जना घाइते
हेटौंडा – हेटौंडा उपमहानगरपालिकामा भएको दुइ वटा सवारी दुर्घटनामा तीन जना घाइते भएका छन्।
हेटौडा उपमहानगरपालिका वडा नम्बर–३ लेवटचोकमा भएको हो। यहाँ ना ५५ प ९७२५ नम्बरको मोटरसाइकलले ५० वर्षीया पैदल यात्री मैया महतलाई ठक्कर दिँदा उनी घाइते भइन्। यस घटनामा मोटरसाइकल चालक ५२ वर्षका राम कृष्ण ढुङ्गाना पनि घाइते भएका छन्।
यस्तै हेटौडा उपमहानगरपालिका वडा नम्बर–४ सानोपोखरामा स्कुटर दुर्घटना भएको छ,बा ६१ प १३९५ नम्बरको स्कुटर अनियन्त्रित भएर दुर्घटनामा परेको हो । जसमा २६ वर्षका स्कुटर चालक सरोज वाईबा घाइते भएका छन्।
घाइते तीन जनालाई तत्काल हेटौंडा अस्पताल र चुरेहिल अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ।