काठमाडौंको सुन्धारामा अवस्थित ऐतिहासिक धरहराको दृश्य

संवाददाता
२०८१ कार्तिक २३, शुक्रबार १६:०९

काठमाडौ । राजधानी काठमाडौको सुन्धारामा अवस्थित ऐतिहासिक धरहरा वि.सं. २०७२ बैशाख १२ गतेको महाभूकम्पले भत्किएको थियो । भीमसेन स्तम्भको नामले समेत परिचित धरहराको भग्नावशेष अहिले निर्मित धरहराभन्दा पछाडि देख्न सकिन्छ । अहिले ४२.२ रोपनी क्षेत्रफलमा फैलिएको धरहरा भीमसेन थापाले ११ तले बनाएका थिए । वि.सं. १९९० सालको भुइँचालोमा भत्केर उक्त धरहरा ९ तलामा सीमित भएको थियो । त्यसपछि ९ तला नै राखेर पुन:र्निर्माण गरिएको थियो ।

अहिले बाहिरबाट देखिँदा ११ तले छ र भित्र भने २२ तला छ । जमिनमुनि ३ वटा तला बनाइएको छ । वि.सं. २०७२ बैशाख १२ गतेको महाभूकम्पले ढलाएको धरहरा आधुनिक, सुविधायुक्त र बलियो बनाइएको छ । अहिलेको धरहरा अपाङ्गता भएकाहरूले पनि चढ्न र हेर्न सजिलो छ । बाहिरीस्वरूप पुरानो धरहराजस्तै देखिने बनाइएको भए पनि भित्री संरचना भने फरक छ । यसमा प्राचीन धरहराको गजुरबाहेक अरू कुनै सामग्री प्रयोग भएको छैन ।

फोटो : निराज रानाभाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*