समाचार
साफ महिला फुटबल च्याम्पियनशीपको उद्घाटन खेलमा पाकिस्तानलाई हराउँदै भारत विजयी
काठमाडौ । आजदेखि सुरु भएको साफ महिला फुटबल च्याम्पियनशीपको उद्घाटन खेलमा पाकिस्तानलाई हराउँदै भारत विजयी भएको छ । च्याम्पियनशीपको उद्घाटन खेलमा पाकिस्तानलाई ५-२ गोल अन्तरले हराउँदै भारत विजयी हो । पहिलो हाफमै ४ -१ गोलको अग्रता बनाएको भारत विरुद्ध खेलको दोस्रो हाफमा पाकिस्तानले थप एक गोल गरेपनि जित आफ्नो...
उद्योग मन्त्री तामाङद्वारा नापी कार्यालय मकवानपुरको अनुगमन
हेटौंडा । बागमती प्रदेशकी उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री शुकमाया तामाङ्ले नापी कार्यालय मकवानपुरको अनुगमन गरेकी छन्। बिहीबार हेटौंडा उपमहानगरपालिका–२ स्थित कार्यालयमा पुगेर मन्त्री तामाङ्ले अनुगमन गरिन्। अनुगमनका क्रममा, मन्त्री तामाङ्ले कार्यालयमा रहेका समस्याबारे जानकारी लिदै कार्यालयलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन्। उनले सेवा प्रणालीलाई जनतामा सहज...
आज पहाडी क्षेत्रमा वर्षाको सम्भावना
जल तथा मौसम विज्ञान विभागका अनुसार, आज देशभर पश्चिमी वायुको प्रभाव रहेको छ। मधेस र लुम्बिनी प्रदेशसहित पहाडी क्षेत्रहरूमा आंशिकदेखि साधारणतया बदली छ, जबकि अन्य भागमा मौसम प्रायः सफा छ। दिउँसो, पहाडी क्षेत्रमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। राति, कोशी, गण्डकी र सुदुरपश्चिम प्रदेशका पहाडी भागमा आंशिक बदली रहिरहने...
बडादशैँको समापन: टीका र जमरा लगाएर मनाइयो पूर्णिमाको पर्व
हेटौंडा । यस वर्षको बडादशैँ हिजोबाट समापन भएको छ। असोज शुक्लपक्ष चतुर्दशी र पूर्णिमाको पर्व पनि हिजो जै परेको सथयो । मान्यजनबाट आशीर्वाद स्वरूप दुर्गा भवानीको प्रसादका रूपमा टीका र जमरा लगाएर पर्वको समापन गरिएको छ । सूर्योदयको समयमा चतुर्दशी र मध्यरातमा पूर्णिमा तिथि परेकाले कोजाग्रत पूर्णिमा हिजै नेपाल...
साफ महिला च्याम्पियनशिप: दशरथ रंगशालामा आरम्भ हुँदै
साफ महिला च्याम्पियनशिप आजदेखि काठमाडौँको दशरथ रंगशालामा आरम्भ हुँदैछ। यो प्रतियोगिता कार्तिक १४ गतेसम्म चल्नेछ। उद्घाटन खेलमा भारत र पाकिस्तानको भिडन्त हुनेछ, जबकि नेपाल भोलि भुटानसँग प्रतिस्पर्धा गर्दै प्रतियोगितामा समाबेश हुने छ। नेपालको समूहमा भुटानसँगै माल्दिभ्स र श्रीलंका रहेका छन्। यस प्रतियोगिताले महिला फुटबलको विकासमा थप गति प्रदान गर्ने...
प्रहरीलाई प्रभावकारी र व्यवस्थित बनाउन प्रदेश सरकार तयार छ : मुख्यमन्त्री लामा
हेटौंडा: बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले ६९ औं प्रहरी दिवसका अवसरमा हेटौंडामा आयोजित कार्यक्रममा प्रदेश सरकारको शान्ति र सुव्यवस्थालाई कायम राख्न प्रहरीको भूमिकाको महत्वमा जोड दिनु भएको छ । उहाँले प्रहरीलाई प्रभावकारी र व्यवस्थित बनाउन प्रदेश सरकारले निरन्तर सहयोग गर्दै आएको र आगामी दिन दिनमा पनि निरन्तरता दिने...
डडेल्धुरामा बस दुर्घटनामा ४ जनाको मृत्यु, १२ जना घाइते
बैतडी । महेन्द्रनगरबाट बैतडीको पुर्चौडी जाँदै गरेको बस दुर्घटनामा ४ जनाको मृत्यु भएको छ। प्रहरीको अनुसार मृत्यु हुनेमा बैतडीको पुर्चौंडी नगरपालिका-३ की ४५ वर्षीया जयमति बोहरा, सोही ठाउँकी २६ वर्षीया कमला बोहरा, उनका दुईदिने शिशु र २२ वर्षीय सहदेव बोहरा रहेका छन्। दुर्घटनामा १२ जना घाइते भएका छन्। घाइतेहरूमा...
आजबाट दुर्गा पक्षको समापन हुँदैं,पूर्णिमा व्रत भने भोलि
हेटौंडा । धन धान्य र सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहितको दुर्गा पक्ष आजबाट समापन हुँदैछ। सूर्योदय कालमा चतुर्दशी र मध्यरातमा पूर्णिमा तिथि परेकाले कोजाग्रत पूर्णिमा आजै परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । साँझमा महालक्ष्मीको पूजा गरि रातभर जाग्राम बसेर भक्तजनहरूले विषेश आस्था र श्रद्धासाथ मनाइँदैछ। साँझमा...
एन्फाको लापरबाहीले ६ खेलाडीको ज्यान जादाँ छानबिन समिति गठन नगरेकोमा अध्यक्ष कमल थापाको आपत्ति
मकवानपुर । गएको असोज १२ गतेको अबिरल बर्षापछि आएको बाढीमा परी मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीमा पहिरोमा पुरिएर ६ किशोर खेलाडीको मृत्यु भएको थियो । अखिल नेपाल फुटबल संघ(एन्फा)को गैरजिम्मेवारीले गर्दा ती खेलाडीको मृत्यु भएको भए पनि सरकारले छानबिन समिति गठनसम्म नगरेकोमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आपत्ति जनाएका...
मेची महाकाली राष्ट्रिय उद्धार यात्राको पहिलो दिन झापाबाट १० जनाको उद्धार
हेटौंडा । मानव सेवा आश्रम र आनी छोइङ डोल्मा फाउण्डेसनको संयुक्त आयोजनामा शुरु भएको मेची महाकाली राष्ट्रिय उद्धार यात्राको पहिलो दिन हिजो झापाबाट १० जनाको उद्धार गरिएको छ। उद्धार गरिएकोमा नौ जना पुरुष र एक जना महिला रहेको मानव सेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले जानकाी दिनु भयो ।...










