समाचार
हेटाैंडाकाे संगमचाेकमा आज शिव ताण्डब देखाइने
हेटाैंडा । हेटाैंडा उपमहानगरपालिका-२ स्थित संगमचाेकमा आज शिव ताण्डव नृत्य देखाइने भएकाे छ । संगमचाेका दुर्गा भवानीकाे पूजाआजा चलिरहेकाे छ । विजया दशमीकाे अबसरमा दुर्गा पूजा समाराेह सहमित, हेटाैंडा-२ संगमचाेकले यहाँ हरेक वर्ष दुर्गा पूजा सम्बन्धि कार्यक्रम हुँदै आएकाे आयाेजक समितिका चन्द्र शाहीले जानकारी दिए । आज साँझ ६...
उपत्यकामा आजदेखि मेलम्चीको पानी वितरण
काठमाडौँ । उपत्यकामा आजदेखि मेलम्चीको पानी वितरण गरिएको छ। खानेपानीमन्त्री प्रदीप यादवले मेलम्चीको पानी उपत्यकाका वितरणको लागि उद्घाटन गर्नु भएको हो खानेपानीमन्त्री प्रदीप यादवले मंगलबार काठमाडौँको सुन्दरीजलमा रहेको मेलम्चीको पानी प्रशोधन केन्द्रबाट उपत्यकाका घरहरुमा पानी वितरण कार्यक्रम सुरूवात गरेका हुन् । सुन्दरीजलमा रहेको पानी प्रशोधन केन्द्रबाट मेलम्चीको पानी खोलिएपछि...
मकवानपुरमा ३९२ किलो गाँजासहित २ जना पक्राउ
हेटौंडा । मकवानपुर प्रहरीले हेटौंडा उप महानगरपालिका वडा नं. १५ रातोमाटे चेकपोष्टमाबाट ३९२ किलो लागूऔषध गाँजा र ट्याङकर गाडी सहित २ जनालाई पक्राउ गरेको छ। प्रहरी चौकी रातोमाटेबाट खटिएको टोलीले बिहान पालुङबाट बिरगंज तर्फ जाँदै गरेको ना ७ ख १७७१ नम्बरको ट्याङकर गाडीलाई रोकेर चेकजाँच गरेको थियो। चालक २६...
कान्तिलोकपथ अन्तर्गतको बागमती (बगुवा) पुल संचालनमा
हेटौंडा । कान्तिलोकपथ अन्तर्गतको बागमती ९बगुवा० पुल पुनः संचालनमा आएको छ। वाग्मती पुलको पहुँचमार्ग र क्षतिग्रस्त सडक पुनर्निर्माणपश्चात् मंगलबार बिहान १ बजेदेखि सवारी साधन संचालनमा आएको हो । बाढीका कारण पुलको एउटा स्पान र मकवानपुर तर्फको करिब ५० मिटर सडक बगाइएप छि कान्तिलोकपथ पूर्ण रूपमा अवरुद्ध भएको थियो। असोज...
कान्ति राजपथ खुलाउन अझै केही दिन लाग्ने
हेटौंडा । हेटौँडा–भीमफेदी–काठमाण्डौ सडक एक हप्तापछि हिजोदेखि सञ्चालनमा आएको छ । अब हेटौँडा–काठमाण्डौ जोड्ने छोटो दुरीका हेटौँडा–फाखेल–काठमाण्डौ, हेटौँडा–कुलेखानी–चखेल–मातातीर्थ, हेटौँडा–कुलेखानी–मार्खु–चित्लाङ–चन्द्रागिरि–काठमाण्डौ सडक सञ्चालनमा आएको छ । तर काठमाण्डौ–हेटौँडा जोड्ने अर्को सडक कान्ति राजपथ भने खुलाउन भने अझै केही दिन लाग्ने भएको छ । पूर्वी नेपाललाई काठमाण्डौसँग जोड्ने सबैभन्दा व्यस्तमध्येको बीपी राजमार्ग...
गढी गाउँपालिकामा कल्भर्टको नाजुक अवस्था: स्थानीय बासिन्दालाई यात्रामा त्रास
मकवानपुरगढी । गत साता ११ र १२ गते आएको भारी बर्षाका कारण बाढी पहिरोले देश भरका विभिन्न स्थानमा ठुलो क्षति पुर्यायो । बर्षाका कारण मकवानपुरगढी गाउँपालिकाको सामरी,ज्यामिरे, बुङ्दोल लगायतका खोलामा पनि ठूलो बाढी आयो । गढी गाउँपालिका भित्र पहिरोका कारण केही क्षतिहरू भए,बाढीका कारण देखिने गरेर ठूलो क्षति नभएतापनि...
नेकपा एमालेले बाढी पहिरो पीडितका लागि ५० लाख आर्थिक सहयोग
काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले बाढी र पहिरोबाट प्रभावित भएका नागरिकहरूको राहतका लागि ५० लाख रुपैयाँको आर्थिक सहयोग प्रदान गरेको छ। आईतवार अपरान्ह सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा रहेको टोलीले सो रकमको चेक प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गरेको हो। एमालेले यस...
हेटौँडा–कुलेखानी–फाखेल–हुमाने सडक आज दिउँसोसम्म खुलाउने तयारी
हेटौंडा । अविरल बर्षासगैं आएको बाढिपहिरोको कारण बन्द रहेको हेटौँडा–कुलेखानी–फाखेल–हुमाने सडक आज दिउँसोसम्म खुलाउने तयारी छ । अविरल वर्षापछि आएको बाढीपहिरोले विभिन्न ठाउँमा क्षति पुर्याएपछि अवरुद्ध रहेको हेटौँडा–कुलेखानी–फाखेल–हुमाने हुँदै काठमाण्डौ जोड्ने सडक आज खुलाएर सञ्चालनमा ल्याउने गरी काम भइरहेको यातायात पूर्वाधार निर्देशनालय बाग्मती प्रदेशका निर्देशक पुष्करप्रसाद पोखरेलले जानकारी दिनुभयो...
मंसिर २८ गते नेपाल पत्रकार महासघंको निर्वाचन हुने
काठमाडौं । नेपाल पत्रकार महासघंको प्रदेश तथा जिल्ला अध्यक्षहरुको राष्टिय भेला मध्यपुरथिमिको बोडेमा गएराति सम्पन्न भएको छ। भेलाले आगामी मंसिर २८ गते महासघंका तीन तहका निर्वाचन गर्ने निर्णय गरेको हो । महासचिव रोशन पुरीका अनुसार, सदस्यता विवादको सन्दर्भमा जिल्ला शाखाको सदस्यता कायम गर्ने र प्रदेशले थप गरेको नामावलीलाई सर्वसम्मतले...
हेटौंडाबाट ११ करोड बढिको सुन सहित दुई भारतीय नागरिक पक्राउ
हेटौंडा । हेटौंडामा ८ किलो ८ सय ग्राम सुन सहित दुई भारतीय नागरिक पक्राउ परेको छ। उनीहरुलाई हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ रातो माटेबाट नियन्त्रणमा लिएको हो। बरामद गरिएको सुनको मूल्य ११ करोड ४३ लाख ५७ हजार ८ सय ७८ रुपैयाँ रहेको छ। प्रहरी प्रमुख विश्वराज खड्काको कमान्डमा खटिएको...










