बडादशैँको समापन: टीका र जमरा लगाएर मनाइयो पूर्णिमाको पर्व
हेटौंडा । यस वर्षको बडादशैँ हिजोबाट समापन भएको छ। असोज शुक्लपक्ष चतुर्दशी र पूर्णिमाको पर्व पनि हिजो जै परेको सथयो । मान्यजनबाट आशीर्वाद स्वरूप दुर्गा भवानीको प्रसादका रूपमा टीका र जमरा लगाएर पर्वको समापन गरिएको छ ।
सूर्योदयको समयमा चतुर्दशी र मध्यरातमा पूर्णिमा तिथि परेकाले कोजाग्रत पूर्णिमा हिजै नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । साँझको समय गर्दा गरिने पूर्णिमा व्रत भने आज बिहीबार परेको छ।
असोज शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको साधना गरिएको थियो। विजयादशमीको दिनदेखि टीका र जमरा लगाउने क्रमको सुरुआत गरिएको थियो। यस अवसरमा, टाढा रहेका आफन्त र मान्यजनले विजयादशमीदेखि असोज शुक्ल पूर्णिमासम्म एकअर्कामा आशीर्वाद आदानप्रदान गर्न घरघरमा जाने प्रचलन छ। बडादशैँको पर्वले परिवार र समुदायको एकता र सँगै रहने भावनालाई मजबुत बनाउने गर्द छ।