एन्फाको लापरबाहीले ६ खेलाडीको ज्यान जादाँ छानबिन समिति गठन नगरेकोमा अध्यक्ष कमल थापाको आपत्ति

संवाददाता
२०८१ आश्विन २९, मंगलवार ०९:२३

 मकवानपुर । गएको असोज १२ गतेको अबिरल बर्षापछि आएको बाढीमा परी मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीमा पहिरोमा पुरिएर ६ किशोर खेलाडीको मृत्यु भएको थियो ।

अखिल नेपाल फुटबल संघ(एन्फा)को गैरजिम्मेवारीले गर्दा ती खेलाडीको मृत्यु भएको भए पनि सरकारले छानबिन समिति गठनसम्म नगरेकोमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आपत्ति जनाएका छन् । विगतमा आँधीबेहरीका कारण दशरथ रंगशालामा धेरैको ज्यान जाँदा आफूले एन्फा अध्यक्षबाट राजीनामा दिएको प्रसंग उहाँले उल्लेख गर्नु भयो  ।

सरकारले छानबिन आयोग गठन गरेर अन्ततः राष्ट्रिय खेलकुद परिषद विघटन हुन पुगेको थियो । साथै शिक्षा मन्त्रीले राजीनामा दिन बाध्य भएका थिए । गत २०८१ असोजमा एन्फा व्यवस्थापनको गलत निर्णय र कमजोरीको कारण पहिरोमा परेर ६ जना किशोरको दुस्खद निधन भएको छ  । वर्तमान समयमा एन्फा नेतृत्वबाट राजीनामाको आशा वा अपेक्षा नगरेको उहाँले बताउनु भयो । सरकारले छानविन आयोग गठन गर्नु पर्ने र पीडितलाई न्याय दिलाउनु पर्ने उहाँको भनाई छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*