प्रहरीलाई प्रभावकारी र व्यवस्थित बनाउन प्रदेश सरकार तयार छ : मुख्यमन्त्री लामा

संवाददाता
२०८१ आश्विन ३०, बुधबार १९:२५

हेटौंडा: बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले ६९ औं प्रहरी दिवसका अवसरमा हेटौंडामा आयोजित कार्यक्रममा प्रदेश सरकारको शान्ति र सुव्यवस्थालाई कायम राख्न प्रहरीको भूमिकाको महत्वमा जोड दिनु भएको छ । उहाँले प्रहरीलाई प्रभावकारी र व्यवस्थित बनाउन प्रदेश सरकारले निरन्तर सहयोग गर्दै आएको र आगामी दिन दिनमा पनि निरन्तरता दिने उल्लेख गर्नुभयो।

मुख्यमन्त्री लामाले देशमा शान्ति – सुरक्षाकालागि प्रहरीको कार्यप्रवृत्तिलाई प्रशंसा गर्दै, आगामी चाडपर्वहरू दीपावली, नेपाल सम्बत, र छठको अवसरमा बागमती प्रदेश सरकारको तर्फबाट शुभकामना समेत व्यक्त गर्नुभयो ।

कार्यक्रममा बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब महानिरिक्षक कृष्ण हरि शर्माले साइबर सुरक्षा र सचेतना फैलाउने आवश्यकताबारे चर्चा गर्नु भएको छ । उहाँले “सत्य सेवा सुरक्षणम्” को सिद्धान्तमा आधारित भएर प्रहरी सदैव कर्तव्यनिष्ठ रहन प्रतिबद्ध रहेको बता बताउनुभयो ।

डिआइजी शर्माले प्रदेश सरकारले प्रहरी कार्यको सहजता र शान्ति सुरक्षालाई मजबुत बनाउन विभिन्न सहयोग र समन्वय गरिरहेको जानकारी गराउनुभयो।

यस अवसरमा, उत्कृष्ट अनुसन्धानकर्ताका रूपमा इलाका प्रहरी कार्यालय काभ्रेपलान्चोकका प्रहरी निरिक्षक कृष्ण गिरी र उत्कृष्ट विपद व्यवस्थापकका रूपमा काभ्रेपलान्चोक जिल्ला प्रहरी कार्यालका प्रहरी उपरिक्षक वसुन्धरा खड्का पुरस्कृत भए।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*