साफ महिला च्याम्पियनशिप: दशरथ रंगशालामा आरम्भ हुँदै
साफ महिला च्याम्पियनशिप आजदेखि काठमाडौँको दशरथ रंगशालामा आरम्भ हुँदैछ। यो प्रतियोगिता कार्तिक १४ गतेसम्म चल्नेछ। उद्घाटन खेलमा भारत र पाकिस्तानको भिडन्त हुनेछ, जबकि नेपाल भोलि भुटानसँग प्रतिस्पर्धा गर्दै प्रतियोगितामा समाबेश हुने छ।
नेपालको समूहमा भुटानसँगै माल्दिभ्स र श्रीलंका रहेका छन्। यस प्रतियोगिताले महिला फुटबलको विकासमा थप गति प्रदान गर्ने अपेक्षा गरिएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले च्याम्पियनशिपका लागि टिकट विक्रीको २० प्रतिशत रकम राष्ट्रिय महिला फुटबल टोलीलाई दिने निर्णय गर्दै, महिला फुटबललाई प्रोत्साहन गर्ने दिशामा महत्वपूर्ण कदम चालेको छ। एन्फाले ८० लाख रुपैयाँको टिकट विक्रीको सम्झौतासँगै टोलीले १६ लाख रुपैयाँ प्राप्त गर्ने निश्चितता देखिन्छ ।
एन्फाका अध्यक्ष पंकज विक्रम नेम्वाङले हिजो एक कार्यक्रममा यो घोषणा गर्दै, महिला खेलाडीहरूको प्रेरणा र समर्थनका लागि अझै धेरै गर्नु पर्ने आवश्यकता औंल्याएका छन्।