समाचार
गौतमबुद्ध विमानस्थलमा फ्लाइ दुबई, जजिरा र एयर एशियाले उडान गर्दै
काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अब तीन प्रमुख अन्तर्राष्ट्रिय एयरलाइन्स—फ्लाइ दुबई, जजिरा, र थाइ एयर एशिया—द्वारा नियमित उडानहरू सञ्चालन हुने भएका छन्। यसअघि लामो समयदेखि व्यावसायिक उडानको अभावमा रहेको यस विमानस्थलमा उडान अनुमति पाइसकेका यी एयरलाइन्सले कात्तिक महिनाबाट उडान सुरु गर्ने तयारी गरेका छन्। फ्लाइ दुबईले कात्तिक २४ गतेदेखि,...
राष्ट्रपति रामचन्द्र पौडेलले दाजुबाट विजयादशमीको टीका लगाए
काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैँ २०८१ का अवसरमा आफ्ना दाजुबाट विजयादशमीको टीका लगाउनुभएको छ । ९४ वर्षीय दाजु डुण्डीराज पौडेलबाट टीकाको उत्तम साइत विहान ११ बजेर ३६ मिनेटमा उहाँले दशैँको टीका, प्रसाद, जमरा र आर्शिवाद ग्रहण गर्नुभएको हो । राष्ट्रपति पौडेलले गुरु पुरोहितबाट पनि दशैँको टीका, जमरा र...
दशैकाे टिकाकाे उत्तम साइत बिहान ११:३६ बजे
हेटौंडा । यस वर्ष विजयादशमीको उत्तम साइत असोज २६ गते बिहान ११:३६ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । भाेलि बिहान ८ : ३३ बजे नवदुर्गा भवानीकाे नदिमा बिसर्जन गरेर मान्यजनहरुबाट शुभसाइत ११:३६ बजे टिका लगाईन्छ । विजयादशमीकाे दिन बिहान नृत्य कर्म गरे पछि नौ दिनसम्म...
बीपी राजमार्गमा यातायात एकतर्फी सुचारु
काभ्रेपलान्चोकको रोशी गाउँपालिका–११ पिप्लेमा गएको पहिरोले बीपी राजमार्गमा गम्भीर अवरोध सिर्जना गरेको थियो। डिभिजन सडक कार्यालय भक्तपुरका सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशका अनुसार, पहिरो पन्छाएर सडक एकतर्फी खोलिएको छ। सडक विभाग र रोशी गाउँपालिकाको सक्रियताले बिहीबार राति ट्र्याक जोडिएपछि सवारी साधन सञ्चालनमा आएका छन्।
बीपी राजमार्ग पुनः सञ्चालनमा
काठमाण्डौ । बीपी राजमार्ग आजदेखि सञ्चालनमा आएको छ। असोज १०, ११, र १२ गतेको अविरल वर्षासँगै आएको बाढीले मुख्य मार्ग अवरुद्ध बनाएको थियो। बाढीपहिरोले क्षति पुर्याएपछि अवरुद्ध भएको राज मार्ग संचालनमा आएको हो । भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव केशव शर्माका अनुसार, आज बिहान ८ बजेदेखि सडक खुल्ला भएको...
बाढी पहिरोको कारण सार्वजनिक यातायातमा ७३ करोडको क्षति
काठमाडौं । अविरल वर्षाका कारण नेपालमा सार्वजनिक यातायात क्षेत्रमा ठूलो क्षति भएको छ । उक्त घटनामा झण्डै ७३ करोडको क्षति हुदाँ विभिन्न यातायात व्यवसायी कम्पनीहरूलाई समस्या आएको छ। विशेषगरी, पश्चिम नेपाल यातायात बस व्यवसायी प्रालिलाई ११ करोडभन्दा बढीको क्षति भएको छ। यस्तै, बाग्मती टिपर व्यवसायी सङ्घ र नेपाल ट्रक...
भारतमा प्रसिद्ध उद्योगपति रतन टाटाको निधन
काठमाडौं । भारतमा प्रसिद्ध उद्योगपति रतन टाटाको ८६ वर्षको उमेर निधन भएको छ । उहाँको गएराति मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा उपचारकाक्रममा निधन भएको हो । टाटा सन्सका अध्यक्ष एन. चन्द्रशेखरनले टाटा समूहको तर्फबाट विज्ञप्ति निकालेर रतन टाटाको निधन भएको जानकारी दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उहाँको निधनमा भारतीय...
भिमफेदीको गोल्पिङमा बस दुर्घटनामा ८ जना गम्भीर घाइते
मकवानपुर। मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर ४ गोल्पिङमा बुधबार साँझ करीब ७ बजे बस दुर्घटना हुँदा ८ जना गम्भीर घाइते भएका छन्। काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको मिनी बसको ब्रेक फेल भएपछि दुर्घटना भएको बताइएको छ। दुर्घटनामा काठमाण्डौबाट जनकपुरका लागि हिँडेको बा ३ ख २७२३ नम्बरको बसले हेटौडाबाट काठमाण्डौतर्फ जाँदै...
मकवानपुरगढीको धादिङ चौरमा फुटबल प्रतियोगिता सम्पन्न, प्रथम अध्यक्ष हुमागाईंद्वारा युवा खेलाडीहरूको प्रशंसा
मकवानपुर, २३ असोज – गढी गाउँपालिकाको धादिङ चौरमा आयोजित तीनदिने फुटबल प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ। प्रतियोगिताको आयोजना गढी ५ का युवा खेलाडीहरूले गरेका थिए। २१ गतेबाट सुरु भएको खेलको फाइनलमा बुङ्गदल फुटबल क्लबले धादिङ फुटबल क्लबलाई २-१ गोलको अन्तरले पराजित गर्दै उपाधि जितेको हो। प्रतियोगितामा कुल ६ वटा...
निर्माण व्यवसायीहरूको सरकारलाई तिहारअघि बक्यौता रकम भुक्तानीको चेतावनी
काठमाडौं – नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सरकारलाई तिहारअघि बक्यौता रकम भुक्तानी नगरे कडा कदम चाल्न बाध्य हुने चेतावनी दिएका छन्। बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै, सिंहले निर्माण उद्योगको कठिन परिस्थितिलाई उजागर गर्दै सरकारको अभिभावकीय भूमिकाको आवश्यकता रहेको बताएका छन्। सिंहले भने, “हामी तिहारअघि बक्यौता रकमको...










