रास्वपा सभापति रवि लामिछानेलाई पोखरा ल्याईयो

संवाददाता
२०८१ कार्तिक ३, शनिबार ०८:२०

पोखरा । सूूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडसँग सम्बन्धित ठगी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई शुक्रबार काठमाडौंमा पक्राउ गरिएको थियो। जिल्ला अदालत कास्कीले प्रहरीलाई अनुसन्धान गर्न अनुमति दिएपछि उनलाई सडकमार्ग हुँदै राति पोखरा ल्याइएको हो।

लामिछानेलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गरिएपछि बिहान ३ बजेतिर जिल्ला प्रहरी कार्यालय कास्कीमा उपस्थित गराइयो। उनलाई आज सार्वजनिक बिदा रहेको कारण भोलि मात्रै अदालतमा उपस्थित गराइने जनाइएको छ।

स्रोतका अनुसार, उक्त मुद्दामा गम्भीर अनुसन्धान भइरहेको र यसले देशको राजनीतिमा ठूलो प्रभाव पार्न सक्ने आँकलन गरिएको छ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*