साफ महिला फुटबल च्याम्पियनशीपको उद्घाटन खेलमा पाकिस्तानलाई हराउँदै भारत विजयी
काठमाडौ । आजदेखि सुरु भएको साफ महिला फुटबल च्याम्पियनशीपको उद्घाटन खेलमा पाकिस्तानलाई हराउँदै भारत विजयी भएको छ । च्याम्पियनशीपको उद्घाटन खेलमा पाकिस्तानलाई ५-२ गोल अन्तरले हराउँदै भारत विजयी हो ।
पहिलो हाफमै ४ -१ गोलको अग्रता बनाएको भारत विरुद्ध खेलको दोस्रो हाफमा पाकिस्तानले थप एक गोल गरेपनि जित आफ्नो पक्षमा पार्न सकेन । आजको जितसँगै भारतले तीन अङ्क जोडेको छ।
नेपालले भोलि भुटान विरुद्ध खेल्दै साफ च्याम्पियनशीपको यात्रा शुरु गर्नेछ । च्याम्पियनशिपमा नेपालसहित सात सार्क सदस्य राष्ट्रहरुले सहभागिता जनाएका छन् ।
दुई समुहमा विभाजन गरी खेलाइएको प्रतियोगिताको पहिलो समूहमा भारत र पाकिस्तानसँगै साविक विजेता बंगलादेश रहेको छ । यसैगरी अर्को समूहमा आयोजक नेपालसहित भुटान, माल्दिभ्स र श्रीलंका छन् । प्रतियोगिताको फाइनल खेल कात्तिक १४ गते हुनेछ ।।