मेची–महाकाली राष्ट्रिय उद्धार यात्राअन्तर्गत कोशी प्रदेशमा ४४ जनाको उद्धार

संवाददाता
२०८१ कार्तिक २, शुक्रबार ०८:४७

हेटौंडा । कोशी प्रदेशमा मेची–महाकाली राष्ट्रिय उद्धार यात्राअन्तर्गत ४४ जनाको उद्धार गरिएको छ। ‘यो पटकको चाडपर्वमा कसैले बस्न नपरोस् सडकपेटीमा’ भन्ने नाराका साथ मानव सेवा आश्रम र आनी छोइङ डोल्मा फाउण्डेसनले संयुक्त रूपमा आयोजना गरेको यस उद्धार यात्रामा ३५ पुरुष र नौ महिला गरी कुल ४४ जनालाई उद्धार गरिएको हो।

आश्रमका अध्यक्ष रामजी अधिकारीका अनुसार, उद्धार यात्राको क्रममा बिहीबार उदयपुरका विभिन्न स्थानबाट १६ जनाको उद्धार गरिएको छ। उद्धार गरिएका आठ पुरुष र आठ महिलालाई बिहीबार नै मानव सेवा आश्रमको विराटनगर शाखामा लगिएको छ।

उद्धार यात्रा असोज २८ गतेदेखि सुरु भएको थियो । यसमा गायिका आनी छोइङ डोल्मा र मानव सेवा आश्रमका अध्यक्ष अधिकारीसहित ४७ जना सहभागी छन्। यो उद्धार यात्रा कात्तिक २६ गते सम्पन्न हुने योजना रहेको छ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*