रवि लामिछानेलाई आज अदालत उपस्थिती गराउने

संवाददाता
२०८१ कार्तिक ४, आईतवार ०८:२४

पोखरा । सहकारी ठगी प्रकरणकामा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेलाई आज अदालत उपस्थिती गराउने भएको छ । सहकारी ठगी प्रकरणका कारण पीडित र रास्वपाका समर्थक बीचको सामनासामनीले गर्दा पोखरामा तनावको र्सिजना उत्पति हुने अनुमान गरिएको छ । रास्वपाका नेता र कार्यकर्ताले प्रदर्शन र दबावको कार्यक्रम सञ्चालन गर्ने र प्रदर्शनमा सहभागी हुन सबैलाई आह्वान गरिएको रास्वपा कार्यलयले जनाएको छ ।

कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले सुरक्षा सुनिश्चित गर्न विशेष ध्यान दिएको बताउनु भयो । रविलाई आज अदालतमा उपस्थित गराइने भएपछि विरोध तथा समर्थनमा दुबै पक्षले दबावका लागि उपस्थित हुन आह्वान गरेका छन् ।स्वपाका सबैजसो शीर्ष नेताहरु पोखरामै आएर शनिबारदेखि नै प्रदर्शन तथा दबाव कार्यक्रमको नेतृत्व गरिरहेका छन् । कांग्रेस, एमालेका नेताहरूले भने सहकारी पीडितहरूको पक्षमा उपस्थित हुने प्रयास गरिरहेका छन्। शनिबारदेखि रास्वपाको विरोध प्रदर्शनमा माओवादी निकटका कार्यकर्ताहरुको सहानुभूति देखिएको थियो ।

रास्वपाका नेताहरुले रविलाई उपस्थित गराउने कास्की जिल्ला अदालत नजिकैको शहीद चोकमा विरोध कार्यक्रममा उपस्थित भइदिनका लागि आह्वान गरेका छन् भने सहकारी पीडितहरुले अनुसन्धान र न्यायका निम्ति कुनै कसर नराख्न दबाब दिँदै शहीद चोक नजिकै राष्ट्र बैंक चोकमा उपस्थित हुन सार्वजनिक अपिल गरेका छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*