सहकारी मुद्दामा रवि लामिछानेलाई पक्राउ

संवाददाता
२०८१ कार्तिक २, शुक्रबार २१:१५

काठमाडौ । सूर्यदर्शन सहकारी ठगीसम्बन्धी मुद्दाको अनुसन्धानका लागि प्रहरीले रास्वपा सभापति रवि लामिछानेलाई पक्राउ गरेको छ। रास्वपा केन्द्रीय कार्यालय वनस्थलीबाट केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले उनलाई पक्राउ गरेको हो।

पक्राउ पर्नुअघि लामिछानेले नेता–कार्यकर्तालाई संक्षिप्त सम्बोधन गरेका थिए। उनलाई सडकमार्ग हुँदै पोखरा लगिँदै छ।

सूर्यदर्शन सहकारीबाट गैरकानुनी रूपमा गोर्खा मिडियामा कर्जा प्रवाह भएको र गोर्खा मिडियाको सञ्चालक हुँदा लामिछानले सो रकम खर्च गरेको आधारमा उनीमाथि अनुसन्धान हुन लागेको हो।

यसअघि संसदीय विशेष छानबिन समितिले गोर्खा मिडियाबाट भएको रकम दुरुपयोगको विषयमा छानबिन गर्न सिफारिस गरेको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*