रास्वपाद्वारा पाेखरामा प्रदर्शन

संवाददाता
२०८१ कार्तिक ३, शनिबार १९:५०

पाेखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता कार्यकताहरुले पाेखरामा प्रदर्शन गरेका छन् । पुर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई राजनीतिक पूर्वाग्रह साँधेर पक्राउ गरिएको भन्दै पोखरामा प्रदर्शन गरिएको हाे।

लामिछानेले सहकारीकाे रकम अपचलन गरेकाे भन्दै काठमाडौँको रास्वपा कार्यालयबाट प्रहरीले पक्राउ गरेकाे थियाे भने बिहान ३ बजे पाेखरा पुर्‍याइएको थियाे ।

रास्वपाका उपसभापति स्वर्णिम वाग्लेले ठुला दलहरुले याे राजनीतिक प्रतिसाेध साधेकाे बताउनु भयाे । सभापति रबि लामिछानेले सहकारीकाे पैसा अपचलन गरेकाे अनुसन्धानमा नखुलेता पनि राजनीतिक हिसाबले प्रतिसाेध साध्ने काम गरिएकाे बताउनु भएकाे छ । लामिछानेलाई
हिरासतमा राखे पछि अाज पोखरामा प्रदर्शन भएकाे हाे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*