ललितपुरको सातदोबाटोमा महानगर यातायातको बसमा आगलागी

निरज रानाभाट
२०८१ कार्तिक ४, आईतवार १६:०६

ललितपुर । ललितपुरको ललितपुर महानगरपालिका -१५, सातदोबाटो चोक नजिक बस पकेटमा रोकिराखेको यात्रुवाहक बसमा आगलागी भएको छ । शनिबार साँझ ०४:४५ बजेतिर रोकिएको चक्रपथमा चल्ने महानगर यातायातको बा ४ ख १०६ नम्बरको बसमा आगलागी भएको छ । आगलागी भएको केही समयमा नै दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर ललितपुरका सूचना अधिकारी तथा एसपी नवरत्न पौडेलले जानकारी दिए । पौडेलले भने,‘आगलागी भएलगत्तै दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ । बस पूर्ण रूपमा जलेको छ, मानवीय क्षति भएको छैन ।’

बसको तार सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीको अनुमान छ । उक्त बसमा अचानक आगलागी भएपछि प्रहरी टोली र ललितपुर महानगरपालिकाका २ वटा दमकल प्रयोग गरेर आगो निभाइएको थियो । आगलागी भएको १५ मिनेटमा नै नियन्त्रणमा लिइएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनामा कुनै मानवीय क्षति भने नभएको, तर बसको भित्रीभाग जलेर ध्वस्त भएको प्रहरीले जानकारी दिएको छ । आगलागी भएपछि यात्रुहरू हतार हतार ओर्लिएको प्रत्यक्षदर्शीले बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*