मलेसियाले तलब बढाएपछि नेपाली श्रमिक उत्साहित

संवाददाता
२०८१ कार्तिक ४, आईतवार ०८:४९

काठमाडौं । मलेसियाले आफ्नो नागरिकसरह विदेशी श्रमिकका लागि न्यूनतम तलब बढाएपछि नेपाली श्रमिक उत्साहित भएका छन् । नेपालको मुख्य श्रम गन्तव्य देश मलेसियाले श्रमिकको न्यूनतम तलब १५ सय रिङ्गिटबाट बढाएर १७ सय रिङ्गिट अर्थात् झन्डै ५३ हजार रुपैयाँ निर्धारण गरेको छ ।

यो तलबमान आउँदो फेब्रुअरी १ अर्थात् माघको १९ गतेदेखि कार्यान्वयनमा आउनेछ । बढेको तलब घरेलु श्रमिकबाहेक सबै क्षेत्रमा लागू हुने मलेसियाको सरकारले जनाएको छ । मलेसियामा झन्डै चार लाख नेपाली कार्यरत रहेको सरकारी तथ्याङ्क छ ।

आर्थिक वर्ष २०७९/८० मा झन्डै दुई लाख २० हजार नेपाली युवा नयाँ श्रम स्वीकृति लिएर मलेसिया गएकामा आर्थिक वर्ष २०८०/८१ देखि औपचारिक क्षेत्रमा विदेशी कामदार भर्ना पूर्णरूपमा बन्द गर्ने निर्णय गरेपछि यो सङ्ख्या घटेर ८१ हजार तीन सय ८२ मा झरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*