हेटौँडा–कुलेखानी–फाखेल–सिस्नेरी–काठमाण्डौ सडक दुईतर्फी खुल्यो

संवाददाता
२०८१ कार्तिक ५, सोमबार ०८:३२

हेटौंडा । हेटौँडा–कुलेखानी–फाखेल–सिस्नेरी–काठमाण्डौ सडक दुईतर्फी सञ्चालनमा आएको छ। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सिमखोलामा ह्युमपाइप राखेर मर्मत भएपछि सडक सञ्चालनमा आएको हो ।

गएको असोज १० देखि १२ गतेसम्मको अविरल वर्षासँगै आएको बाढी र पहिरोले सडकमा ठूलो क्षति पुर्याएको थियो। उक्त स्थानमा ह्युमपाइप राख्नुपर्ने आवश्यकताका कारण कात्तिक २ गतेदेखि सडक एकतर्फी मात्र सञ्चालन भएको थियो।

मर्मतको काम सम्पन्न भएपछि दुईतर्फी यातायात फेरि सुचारु भएको मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्याम अर्यालले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*