लामिछानेलाई पक्राउ गरेको विरोधमा रास्वपाद्वारा आज विरोध प्रदर्शन

संवाददाता
२०८१ कार्तिक २१, बुधबार ०८:३५

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा) का सभापति रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा रास्वपाले आज पनि विरोध प्रदर्शन गर्ने भएको छ । पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले आज दिउँसो ४ बजे पोखराको मानवअधिकार चोकसहित विभिन्न जिल्लामा विरोध कार्यक्रम गर्ने जानकारी दिएका छन् ।

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा लामिछाने कात्तिक २ गते काठमाडौं पार्टी केन्द्रीय कार्यालयबाटै पक्राउ परेका हुन् । सोही दिन राति पोखरा लगिए पनि शनिबार परेकाले कात्तिक ४ गतेमात्रै जिल्ला अदालत कास्कीमा उपस्थित गरिएको थियो । पक्राउ परेको दिनदेखि गणना हुने गरी पहिलो पटक ७ दिन म्याद थपिएको थियो ।

दोस्रो पटक थपेको म्याद १५ गते सकिएपछि लामिछानेलाई मंगलबार तेस्रो पटक म्याद थपका लागि अदालतमा पेश गरिएको थियो । अदालतले १५ गतेदेखि गणना हुने गरी थप १० दिन म्याद थपको अनुमति दिएको छ ।

सोही क्रममा उनका समर्थक र कार्यकर्ताले अदालत बाहिर नाराबाजीसहित प्रदर्शन गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*