राजनीति

यी हुन् पतञ्जलि जग्गा हदबन्दी छुट प्रकरणमा मुद्दा परेका सांसदहरु ? 

काठमाडौं । पतञ्जलि योगपीठको नाममा भएको जग्गा हदबन्दी छुट प्रकरणमा पाँच पूर्वमन्त्रीहरू अख्तियारको अनुसन्धानको दायरामा तानिए  छन् । मन्त्रिपरिषद्को विधेयक समितिमा रहेका डा. मिनेन्द्र रिजाल, महेन्द्र प्रसाद यादव, मृगेन्द्र सिंह यादव, रकम चेम्जोङ र मानबहादुर शाही बिरुद्ध अख्तियारको अनुसन्धानको दायरामा तानिए हुन् । उनिहरुले मन्त्रिपरिषद्को बैठकमा उपस्थित भएर भूमिसुधार...

नेपाललको सांसद पद निलम्बनका लागि पत्र संसद्‍ सचिवालय पुग्यो

काठमाडौं । पतञ्जलिको जग्गा सट्टापट्टा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी मुद्दा दर्ता गरेसँगै उनको सांसद पद निलम्बनका लागि पत्र संसद्‍ सचिवालय पुगेको छ । आयोगले नेपालविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएसँगै उनको सांसद पद् स्वतः निलम्बनमा परेको छ । संसद् सचिवालयमा दर्ता...

माधव कुमार नेपालकाे सांसद पद स्वतः निलम्बनमा

काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेसँगै उनको संघीय सांसद पद स्वतः निलम्बनमा परेको छ। पतञ्जलीलाई राज्यको बहुमूल्य जमिन सस्तो मूल्यमा उपलब्ध गराइएको प्रकरणमा नाम जोडिएपछि आयोगले नेपालको संलग्नतामाथि अनुसन्धान गर्दै भ्रष्टाचारसम्बन्धी मुद्दा अघि सारेको हो । अख्तियार...

राप्रपाका सांसद दीपक सिंह पनि पक्राउ

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापालाई भेट्ने  क्रममा  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद दीपक सिंहलाई पनि प्रहरीले पक्राउ गरेको छ । सांसद सिंहलाई प्रहरीले जिल्ला प्रहरी परिसरबाट नियन्त्रणमा लिएको हो । सांसद सिंहसँगै राप्रपा प्रवक्ता तथा प्रचार विभागका प्रमुख तथा मोहनकुमार श्रेष्ठ पनि गएका थिए । प्रहरीले उनलाई...

कमल थापा पक्राउ परेलगत्तै राजावादीहरूको धर्ना सुरु

काठमाडौं । राजसंस्था र हिन्दू राज्यसहितका माग राखेर प्रदर्शनमा उत्रिएका राजावादीहरूले धर्ना सुरु गरेका छन् । कमल थापालाई पक्राउ परेलगत्तै आन्दोलनमा सहभागीहरूले धर्ना सुरु गरेका हुन् । राप्रपा, नेपालका अध्यक्ष कमल थापासहित पाँच जनालाई नारायणचौरबाट बालुवाटारतर्फ जाने क्रममा प्रहरीले पक्राउ गरेको थियो । राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार, थापासहित...

सार्वजनिक यातायात क्षेत्रको संरक्षणका लागि संघर्ष समितिको आन्दोलन घोषणा

सार्वजनिक यातायात क्षेत्रलाई अस्तव्यस्त बनाउने सरकारी नीतिहरूको विरोधमा सार्वजनिक यातायात बचाउ केन्द्रीय महासंघ र मजदुर संघ–संगठनहरूको केन्द्रीय संघर्ष समितिले देशव्यापी आन्दोलनको घोषणा गरेको छ। संघर्ष समितिले जेठ १८ गते देशका ६ वटै प्रदेशमा कालो झण्डासहित विरोध र्याली  गर्ने साथै, मागहरू समयमा सम्बोधन नभए जेठ १९ गतेदेखि देशभर सार्वजनिक सवारी...

सभामुख घिमिरेद्वारा कार्यव्यवस्था परामर्श समितिको बैठक आव्हान

काठमाडौं । सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक मध्याह्न १२ बजे बोलाएका छन् । त्यसअघि ११ बजे सभामुख घिमिरेले मुख्य सचेतक र प्रमुख सचेतकहरुसँग छलफल पनि गर्दैछन् । यो छलफल तथा बैठक संसदको अवरोध हटाउने र बजेट माथिको छलफलको समय निर्धारण गर्ने उद्देश्यले बोलाइएको सभामुखको सचिवालयले जनाएको छ...

आगामी आर्थिक वर्षमा बजेटमा ५.६% वृद्धि, आन्तरिक ऋणमा निर्भरता झनै बढ्यो

  काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सार्वजनिक गरेको बजेटमा ५.६ प्रतिशतको वृद्धि देखिएको छ। कुल १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट ठूलो हिस्सा पुनः चालु खर्चमा विनियोजन गरिएको छ । अर्थमन्त्री विष्णु पौडेलले संघीय संसद्को संयुक्त सदनमा प्रस्तुत गरेको बजेट अनुसार, कुल बजेटमध्ये...

गणतन्त्र दिवसमा एमालेकाे प्रतीकात्मक तरबार र ढालसहित प्रदर्शन

काठमाडौं ।  नेकपा एमालेले गणतन्त्र स्थापनाको उत्सवस्वरूप काठमाडौंमा  अनौठो र प्रतीकात्मक शैलीमा गणतन्त्र दिवस मनाएको छ। काठमाडौंमा गणतन्त्र दिवसमा एमालेको तरबार र ढालसहित प्रदर्शन गरिरहेकाे छ । एमालेका सचिव लेखराज भट्टसहित पार्टीका अग्रपंक्तिका नेताहरूको उपस्थितिमा भएको र्‍यालीमा “गणतन्त्र जिन्दावाद”, “नेकपा एमाले जिन्दावाद” लगायतका नारा लगाईएकाे थियाे । साँस्कृतिक झाँकीसहित...

गणतन्त्रको मूल्यमा प्रधानमन्त्री ओलीको जोड: ‘जनताको मत सर्वोपरि’

  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र दिवसको अवसरमा नागरिक स्वतन्त्रता र जनताको निर्णयको अधिकारलाई लोकतन्त्रको मेरुदण्डका रूपमा चित्रण गरेका छन्। टुँडिखेलमा आयोजित विशेष समारोहमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले गणतन्त्र स्थापनाको ऐतिहासिक उपलब्धि र यसको निरन्तरताका लागि जनचेतना र जिम्मेवारीपूर्ण संलग्नताको आवश्यकता औंल्याएका हुन् । प्रधानमन्त्री ओलीले भने,...