राजनीति
पूर्वराष्ट्रपति भण्डारीलाई एमालेले पार्टी सदस्यताबाट हटायो
काठमाडौं । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी राजनीतिमा सक्रिय हुन रोक लगाएको छ । पार्टीले संविधानका विभिन्न धाराहरू उद्धृत गर्दै राष्ट्राध्यक्ष पदबाट सेवा निवृत्त भइसकेपछि पनि पूर्वराष्ट्रपतिले कुनै राजनीतिक दलमा संलग्न हुनु उपयुक्त नहुने ठहर गरेको छ। उपाध्यक्ष युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, र स्थायी कमिटी सदस्य कर्ण थापाले...
काँग्रेसको प्रजातान्त्रिक समाजवादको शिक्षा व्यापक बनाउनुपर्छः देउवा
काठमाडौं । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले काँग्रेस समाजवादी पार्टी भएको दाबी गर्दै प्रतिष्पर्धी पार्टीमध्ये काँग्रेसको आदर्श र सिद्धान्त सबैभन्दा राम्रो भएको बताउनुभएको छ । पार्टी केन्द्रिय कार्यालय सानेपामा नेपाली कांग्रेस पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्र विभागद्वारा आयोजित सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो...
पूर्वराष्ट्रपति भण्डारीसँग सबै कुरा खुला रूपमा राखिएको : प्रचार विभाग प्रमुख गौतम
काठमाडौं । प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले अध्यक्ष ओलीको भनाइलाई उद्धृत गर्दै पूर्वराष्ट्रपति भण्डारीसँग सबैकुरा खुला रुपमा राखेको र सरकारले गरेका काम, एमालेमाथि भइरहेका प्रहार, विधान अधिवेशनको बारेमा आफूले कुरा गरेको बताउनु भएको छ । । सोमवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा जारी केन्द्रिय कमिटीको बैठकमा नेकपा एमालेका अध्यक्ष एवं...
प्रशासन बिरुद्ध हेटौंडाका जनप्रतिनिधिहरू प्रशासन परिसरमै धर्नामा
हेटौंडा । हेटौंडा उपमहानगरपालिकाका वडाध्यक्षहरू एक महिनाअघि भएको सांघातिक आक्रमणको दोषी अहिलेसम्म पक्राउ नपरेको भन्दै जिल्ला प्रशासन कार्यालयको परिसरमै धर्नामा बसेका छन् । गत असार ४ गते दिउँसो करिब ४ बजे हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ का अध्यक्ष तथा नगर प्रवक्ता सविन न्यौपानेमाथि कार्यालयमै आक्रमण भएको थियो । घटनापछि...
वामदेवको दाबीः मैले नेतृत्व लिएको आन्दोलन अहिलेसम्म असफल भएको छैन्
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का नेता वामदेव गौतमले आफूले नेतृत्व लिएको आन्दोलन अहिलेसम्म असफल नभएको दाबी गर्नुभएको छ । नेपाल राष्ट्रिय एकता अभियान र नेकपा (एकीकृत समाजवादी) बीचको एकता कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो दाबी गर्नुभएको हो । उहाँले आफूले जिम्मा लिएको आन्दोलन अहिलेसम्म सफल मात्रै भएको जिकिर...
प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजे बस्दै
काठमाडौं । प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक–२०८२’ प्रस्तुत गर्नेछन् । त्यसै गरि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले औद्योगिक सम्पत्ति सम्बन्धी विधेयक–२०८२’ पनि प्रस्तुत गर्नेछन्। त्यसै गरि आजकाे प्रतिनिधिसभा बैठकमा,‘केही...
बागमतीकाे बजेट सदनबाट बहुमतले पारित
हेटौंडा । बागमती प्रदेशको आर्थिक वर्ष २०८२/८३ को बजेट प्रदेश सभाबाट बहुमतले पारित भएको छ। असार १ गते बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले प्रस्तुत गरेको ६७ अर्ब ५७ करोड ४१ लाख रुपैयाँ बराबरको बजेट सोमबार प्रदेशसभाबाट पारित भएको हो। अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको...
कृषि ‘राहत’मा सीमित भएको सांसद बास्कोटाको कटाक्ष ,मल पनि भूकम्प राहतझैँ बाँडिन्छ
काठमाडौं । संसदमा बोल्दै नेकपा एमालेका सांसद गोकुल बास्कोटाले सरकारको कृषि नीतिमा गम्भीर प्रश्न उठाएका छन्। असार महिनासँगै मल अभावको पुरानै समस्या फेरि दोहोरिएपछि उनले किसानलाई ‘भूकम्प राहतझैँ’ मल वितरण गरेर कृषि उत्पादन वृद्धि सम्भव नरहेको टिप्पणी गरेका हुन्। बास्कोटाले प्रतिनिधि सभाको बैठकमा बोलेका थिए। उनले भने, “कृषि मन्त्री...
आज प्रतिनिधिसभामा स्पेन भ्रमणबारे जानकारी दिदैं प्रधानमन्त्री ओली
काठमाडौं । आज प्रतिनिधिसभा बैठकमा स्पेन भ्रमणबारे जानकारी दिने उद्देश्यले प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएको छ। प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्ने सभामुखका प्रेस विज्ञ शेखर अधिकारीले जानकारी दिए । विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिएर प्रधानमन्त्री ओली शुक्रबार स्वदेश फर्किएका थिए ।...
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सरकारी सेवासुविधा फिर्ता
काठमाडौ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सरकारी सेवासुविधा फिर्ताको निवेदन दिएकी छन् । उनले आजकै मितिबाट लागू हुनेगरी सेवासुविधा फिर्ता गरेकी हुन् । ‘पूर्वराष्ट्रपतिले पाउने सबै सेवा सुविधा फिर्ताको निवेदन गृह मन्त्रालयलाई पठाइएको छ, आजकै मितिबाट सेवा सुविधा पनि फिर्ता गर्दैछौं, उनी निकट स्रोतले भन्यो । भण्डारीले गत १४ असारमा...










