मुख्यमन्त्री लामाविरुद्ध कांग्रेसमै अविश्वास प्रस्ताव

संवाददाता
२०८२ श्रावण १०, शुक्रबार १७:०५

हेटौंडा । बागमती प्रदेशमा कांग्रेसभित्रको अन्तरिक द्वन्द्व  झनै चर्किंदै गएको छ। प्रदेश सरकारको नेतृत्व गरिरहेका मुख्यमन्त्री बहादुर सिंह लामाविरुद्ध संसदीय दलमै अविश्वास प्रस्ताव दर्ता भएको छ ।

शुक्रबार नेपाली कांग्रेस संसदीय दलका २१ जना सांसदले लामालाई दलको नेताबाट हटाउन माग गर्दै हस्ताक्षरसहित अविश्वास प्रस्ताव दर्ता गराएका छन्। प्रस्ताव संसदीय दलका सचिव कृष्ण कुमार तामाङसमक्ष बुझाइएको हो। कुल २४ सांसदमध्ये १९ को समर्थन आवश्यक पर्नेमा २१ जनाले समर्थन जनाएका छन्। बाँकी तीन जना सांसद अनुपस्थित रहेका छन्।

सांसदहरूले लामाको नेतृत्वमाथि ‘विश्वास गर्न नसकिने स्थिति आएको’ भन्दै नेतृत्व परिवर्तनको माग अघि सारेका छन्। यदि संसदीय दलको नेतृत्वमा परिवर्तन भयो ,भने लामा मुख्यमन्त्रीको पदबाट पनि स्वतः पदमुक्त हुनेछन्।

अविश्वास प्रस्ताव दर्ता हुनुअघि नै कांग्रेसबाट मन्त्री पदमा रहेका चार जनाले सामूहिक रूपमा पदबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री लामा र प्रदेश सभापति इन्द्र बानियाँ दुवै पार्टीको संस्थापन पक्षमा भए पनि दुईबीचको गुटगत प्रतिस्पर्धा अब खुला द्वन्द्वमा बदलिएको देखिन्छ। संसदीय दलमा लामालाई सघाउने शक्ति कम हुँदै गएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*