बागमती कांग्रेसमा अन्तरिक द्वन्द्व चर्कियो, मुख्यमन्त्री लामाको पद संकटमा

संवाददाता
२०८२ श्रावण १०, शुक्रबार १६:४९

हेटौंडा । बागमती प्रदेशको सत्ताको कुर्सी कांग्रेसभित्रकै आन्तरिक शक्ति संघर्षमा विवाद उत्पन्न भएको । हालका मुख्यमन्त्री बहादुर सिंह लामाको नेतृत्वमाथि असन्तुष्टि बढ्दै गएको सन्दर्भमा संसदीय दलको नेताबाट हटाउने तयारी भईरहेको छ ।

पार्टीभित्रको नेतृत्व बदल्ने खेलसँगै कांग्रेसबाट नियुक्त चारजना मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन्। यो राजीनामा तत्कालीन सरकारलाई कमजोर पार्नको लागि बानिँयाधारका नेताहरुले रणनीति चालेका हुन् ।

मुख्यमन्त्री लामाले १३ पुस २०७९ मा भएको कांग्रेस संसदीय दलको चुनावमा बानियाँलाई ५ मतले हराएका थिए। त्यतिबेलाको प्रतिस्पर्धा अहिलेको टकरावमा परिणत भएको देखिन्छ। बानियाँ र लामा दुबै संस्थापन पक्षकै नेता भए पनि, शक्ति सन्तुलनको खोजीमा दुवै आ९आफ्नो रणनीतिमा जुटेका छन् ।

पार्टीभित्रको द्धन्द्वले प्रदेश सरकारको नेतृत्वमाथिनै संकट उत्पन्न भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*