लुम्बिनीको संरक्षण र संवद्धर्नमा सबै लागौँः उपप्रधानमन्त्री सिंह

संवाददाता
२०८२ श्रावण ११, शनिबार १३:२५

काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले लुम्बिनीको संरक्षण र संवद्धर्नमा सबै लाग्नुपर्ने बताृउनुभएको छ ।

शनिवार काठमाडौंमा सुपोत महास्थथवीरलाई विश्व शान्ति विहार तथा नेपाली बौद्ध समुदायको धार्मिक अभिनन्दन कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । सुपोत महास्थथवीरलाई थाइल्याण्ड सरकारले लुम्बिनीमा आएर गर्नुभएको धार्मिक र सामाजिक योगदानबापत सम्मान गरेको छ । सोही बारेमा नेपाली बौद्ध समुदायले पनि सम्मान गरेको हो । सुपोत महास्थथवीरले लुम्बिनीमा आएर धार्मिक र सामाजिक योगदानमा महत्वपूर्ण योगदान गर्नुभएको बताउनु भयो ।

उपप्रधानमन्त्री सिंहले बुद्ध धर्म र लुम्बिनी एक अर्काको पर्याय भएको पनि बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*