शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउन सरकार प्रतिवद्धः प्रधानमन्त्री

संवाददाता
२०८२ श्रावण ८, बुधबार १५:२०

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संक्रमणकालीन न्यायसँग सम्बन्धित बाँकी कामहरू सम्पन्न गरी शान्ति प्रक्रियालाई टुंगोमा पु¥याउनु सरकारको उच्च प्राथमिकता रहेको बताउनुभएको छ ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो । उहँले द्वन्द्व पीडितहरूलाई न्याय दिने विषयमा सरकार पूर्ण रूपमा संवेदनशील र जिम्मेवार रहेको बताउनु भयो । उहाँले बेपत्ता पारिएका व्यक्तिको छानबिन तथा सत्य निरूपण र मेलमिलाप आयोग ऐन, २०७१ अनुसार नै आयोगहरूको पुनर्गठन भई काम शुरु भइसकेको जानकारी गराउनु भयो ।

उहाँले टिआरसी टुंग्याउन गठित आयोगहरुले पीडित पक्षसँग समन्वयमा बाँकी कामहरू अगाडि बढाउने विश्वास समेत व्यक्त गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*