राजनीति

शिक्षा विधेयकमा देशकै चासो छ, छिटो टुंग्याउनुपर्छः सांसद हजारा

काठमाडौं । नेकपा एमाले सांसद प्रभु हजाराले विद्यालय शिक्षा विधेयकमा अहिले देशकै नजर रहेको भन्दै यसलाई छिटो भन्दा छिटो पारित गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । बिहीवार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले विद्यालय शिक्षा विधेयक हामीले ५२ वर्षपछि...

राज्यको सेवा सुविधा र तलव खानेका सन्तान सार्वजनिक विद्यालयमा भर्ना गर्ने बाध्यकारी व्यवस्था विधेयकमा राखौँः सांसद बस्नेत

काठमाडौं । नेकपा (माओवादी केन्द्र) की सांसद ज्ञानु बस्नेतले देश ‘संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा गइसक्दासमेत देशको शिक्षाको स्थिति नाजुक रहेको बताउनुभएको छ । बिहीवार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले शिक्षाको क्षेत्रमा धेरै समस्या अहिले पनि विद्यमान रहेको बताउनु...

विपिन जोशीको रिहाइका लागि नेपाल सरकार हर सम्भव प्रयासमा : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले इजरायलमा हमास समूहले बन्धक बनाएका नेपाली नागरिक विपिन जोशीको सुरक्षित र शीघ्र रिहाइका लागि नेपाल सरकार हर सम्भव पहलमा जुटिरहेको जानकारी दिएका छन्। प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत विपिनको सुरक्षालाई सरकारको प्राथमिक जिम्मेवारी भन्दै, कूटनीतिक स्तरमा निरन्तर प्रयास भइरहेको उल्लेख गरेका हुन्। परराष्ट्र मन्त्रालयले...

आइटी दैनिक जनजीवनका लागि अपरिहार्यः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइटी दैनिक जनजीवनका लागि अपरिहार्य भइसकेको बताउनुभएको छ । राष्ट्रिय युवा सङ्घ नेपालद्वारा आयोजित अन्तर्राष्ट्रिय सूचना प्रविधि युवा सम्मेलन, २०२५ लाई भर्चुअलरुपमा आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो । उहाँले मानिसको दैनिक जीवन र दिनचर्याका लागि इन्फरमेसन टेक्नोलोजी अपरिहार्य र आवश्यक...

विद्युत प्राधिकरणको नाफा घट्योः हितेन्द्र भन्छन्–विद्युत विक्रीमा कमी आयो

नेपाल विद्युत प्राधिकरणले नाफा घटाएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०८१/८२ मा प्राधिकरणको नाफामा गिरावट आएको हो । प्राधिकरणकाअनुसार आ.व. २०८१/८२ मा नाफा ९ अर्ब ६ करोड ७० लाख  भएको छ । २०८०/८१ को तुलनामा ३७.३२ प्रतिशतले कम  हो । २०८०/८१ मा १० अर्ब ५३ करोड...

बागमतीमा ५ मन्त्रीले गरे सपथ, लामा पक्षका सांसदहरू समेटिएनन्

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले नेपाली कांग्रेसबाट पाँच जना मन्त्री नियुक्त गर्दै सरकारलाई पूर्णता दिएका छन्। आज प्रदेश प्रमुखको कार्यालयमा नव नियुक्त मन्त्रीहरूले पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन्। नेपाली कांग्रेस र सत्ता साझेदार दल नेकपा एमालेको संयुक्त सरकारको १४ सदस्यीय मन्त्रिपरिषद्‌मा रिक्त रहेको पाँच मन्त्रालयमा मन्त्री नियुक्त...

राज्य व्यवस्था समितिका सभापति खतिवडाले दिए पदबाट राजीनामा

काठमाडौं । प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिबाट रामहरि खतिवडाले राजीनामा दिनुभएको छ । प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै सभापति खतिवडाले राजीनामा दिनुभयो । उहाँले संघीय निजामति विधेयकलाई समितिबाट पारित गर्दा समितिले कर्मचारी प्रशासनको दाउपेच शक्ति प्रदर्शन झेल्नुपरेको उहाँको भनाइ छ । कुलिङ अफ पिरियडको गडबडी छानविन...

के पाउलान् त विश्वासको मत बानियाँले ?

हेटौंडा । बागमती प्रदेशमा नेपाली कांग्रेस भित्रको रसाकस्सीले मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले विश्वासको मत पाउँछन् कि पाउदैनन् भन्ने विषयमा अन्योलता छाएको छ । साउन २७ गते अर्थात आज दिउसो ४ बजे बानियाँलेले प्रदेश सभा आव्हान गरेका छन् । नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त गठबन्धनमा बानियाँ मुख्यमन्त्रीमा नियुक्त भएका थिए...

कांग्रेसभित्रैको रस्साकस्सीले मुख्यमन्त्री बानियाँको विश्वासको मत अन्योलमा

हेटौंडा । बागमती प्रदेशमा सत्ता पक्षभित्रकै असहमति मुख्यमन्त्री इन्द्र बानियाँका लागि ठूलो चुनौती बनेको छ। आज दिउँसो ४ बजे मुख्यमन्त्री बानियाँले विश्वासको मत लिन प्रदेश सभा बैठक आह्वान गरेका छन् । बहादुरसिंह लामा पक्षका १४ सांसद अझै हेटौंडा आईपुगेका छैनन् । लामा पक्षका सांसदहरू काठमाडौंमा छुट्टै रणनीतिक बैठक बसिरहेका...

संघीयता र गणतन्त्र पूर्ण रुपमा असफल भइसक्यो, अब जनताले बुझिसकेः महामन्त्री जबरा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डा. धवलसमशेर जबराले संघीयता र गणतन्त्र पूर्ण रुपमा असफल भइसकेको बताउनुभएको छ । उहाँले नेपाल झनझन गिरबीको रेखामुनी गएको, भ्रष्टाचारको दलदलमा दिनप्रतिदित फस्दै गइरहेको बताउनु भयो । उहाँले जनता पूर्णरुपमा निराश भएको बताउँदै नेपालीको भाग्य र भरोसा अरुको देशमा गएर नोकर हुनु बाहेक...