राजनीति

बागमतीको नवनियुक्त छैठौंं मुख्यमन्त्री बानियाँ र मन्त्रीहरुले गरे पद तथा गोपनीयताको सपथ 

हेटौंडा । बागमती प्रदेशको छैठौं मुख्यमन्त्री नेपाली काँग्रेस संसदीय दलका नेता ईन्द्र बानियाँले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । मंगलवार प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले संविधानको धारा १६८ (२) अनुसार बानियाँलाई  मुख्यमन्त्रीमा पद तथा गोपनियताको शपथ गराउनुभएको हो । देवकोटाले आजै बानियाँलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो । बानियाँलाई काँग्रेसका...

बागमतीको छौंटा मुख्यमन्त्रीमा बानियाँ नियुक्त

हेटौंडा । बागमती प्रदेशको छौंटो मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता ईन्द्र बानियाँ नियुक्त भएका छन् । प्रदेश प्रमुख दिपक प्रसाद देवकोटाले संविधानको धारा १६८ (२) अनुसार मंगलबार बानियाँलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । बानियाँले हिजो साउन १९ मा कांग्रेसका ३७ र नेकपा एमालेका २७ सांसद गरि ६४ जना...

बागमतीको मुख्यमन्त्रीमा इन्द्रबहादुर बानियाँको दाबी पेस

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाको राजीनामापछि नयाँ सरकार गठनको प्रक्रिया तीव्र गतिमा अघि बढेको छ। प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आज सोमबार मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गर्न आह्वान गरेसँगै नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले मुख्यमन्त्रीको दाबी पेश गरेका छन्। प्रदेश प्रमुख कार्यालयका प्रवक्ता देवेन्द्र सापकोटाका...

बागमतीका मुख्यमन्त्री लामाको राजीनामा पत्र प्रदेश प्रमुखको कार्यालयमा बुझाइयो

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाको राजीनामा पत्र प्रदेश प्रमुखको कार्यालयमा बुझाइएको छ। मुख्यमन्त्री लामाको तर्फबाट उनका प्रमुख स्वकीय सचिव छत्र लामाले आज सोमबार प्रदेश प्रमुखको कार्यालयमा पुगेर राजीनामा पत्र बुझाएका हुन्। लामाको राजीनामा पत्र प्रदेश प्रमुखका प्रमुख स्वकीय सचिव बलराम गैरेलाई हस्तान्तरण गरिएको हो। यससँगै बागमती...

मुख्यमन्त्रीको राजीनामा, देउवाको आग्रहअनुसार मार्ग प्रशस्त गरेको लामाको भनाई

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले आफ्नो एक वर्षे कार्यकालको समिक्षा गर्दै आज पत्रकार सम्मेलनमार्फत राजीनामा दिने घोषणा गरेका छन्। पत्रकार सम्मेलनमा मुख्यमन्त्रीले प्रदेश सरकारको नेतृत्वमा रहँदा गरिएको कार्यको विवरण प्रस्तुत गर्दै बागमती प्रदेशको समृद्धिको यात्रामा आफूले खेलेको भूमिका र जिम्मेवारीबारे जानकारी गराएका छन् । लामाले मन्त्रिपरिषद्...

‘सफा राजनीति गरें, तर दबाबमा राजीनामा दिनुपर्‍यो’ – मुख्यमन्त्री लामा

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले आफुलाई राजिनामा दिन दबाब दिएको बताएका छन् । उनले आज पत्रकार सम्मोलन मार्फत आफ्नो राजिनामा दिएको घोषणा गर्दै यस्तो बताएका हुन् । आफु माथि आफ्नै पार्टीबाट असहयोग भएको बताएका छन् । इमान्दारिता पूर्वक काम गरे, मेरो निष्ठा, सरलता र सफेद कार्यसंपादनमा...

मुख्यमन्त्री लामाले आज राजीनामा दिदैं

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले आइतबार हेटौंडा आएर पदबाट राजीनामा दिने तयारी गरेका छन्। मुख्यमन्त्री लामाको राजीनामा आजै आउने भए पनि प्रदेश प्रमुख दीपक प्रसाद देवकोटा काठमाडौंमा उपचाररत भएकाले प्रक्रिया केही ढिला हुन सक्ने देखिएको छ। प्रदेश प्रमुख देवकोटा हेटौंडा फर्किएपछि मुख्यमन्त्रीले राजीनामा बुझाउने तयारी छ।...

पाएनन् बागमतीका मुख्यमन्त्री लामाले विस्वासकाे मत , कसले कसले दिएनन् त लामालाई मत ,हेर्नुहाेस नामसहित ?

हेटौंडा । बागमती प्रदेश मुख्यमन्त्री बहादुरसिं लामाले नेपाली काङ्ग्रेस संसदीय दलको नेताको हैसियत गुमाएका छन् । लामाको विपक्षमा २२ मत परेको छ भने उनको पक्षमा १५ मात्रै मत परेको छ । लामाको विकल्पका रूपमा नेपाली कांग्रेस बागमती प्रदेश सभापति तथा प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँलाई अघि सारिएको छ। २२ जना...

बागमती प्रदेशमा नेपाली कांग्रेस संसदीय दलको नेताबाट बहादुरसिंह लामा बहिर्गमन

हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री तथा नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले दलभित्र विश्वास गुमाएका छन्। मंगलबार बसेको संसदीय दलको बैठकमा लामाविरुद्ध अविश्वास प्रस्तावमा मतदान हुँदा उनको पक्षमा १५ मात्र मत परेको छ, भने २२ जना सांसद उनको विपक्षमा उभिएका छन्। पूर्वमन्त्री सुरजचन्द्र लामिछानेका अनुसार, बहुमत सांसदले...

काँग्रेसलाई एमालेले भन्योः प्रदेशलाई अस्थिर बनाउन पाइँदैन, अविश्वास प्रश्तावबारे छिटो निष्कर्षमा पुग्नुस्

वागमती प्रदेशका मुख्यमन्त्रीविरुद्ध पार्टीकै सांसदहरुले अविश्वासको प्रश्ताव दर्ता गरेको भन्दै नेकपा एमालेले चाँडो निष्कर्षमा पुग्न आग्रह गरेको छ । वागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा नेपाली काँग्रेस वागमती प्रदेश सभामा संसदीय दलका नेता हुनुहुन्छ । अहिले मुख्यमन्त्री रहनुभएका लामाविरुद्ध पार्टीकै सांसदहरुले अविश्वासको प्रश्ताव दर्ता गराएका छन् । प्रश्तावमा २१ जना...