के पाउलान् त विश्वासको मत बानियाँले ?

संवाददाता
२०८२ श्रावण २८, मंगलवार १५:२८

हेटौंडा । बागमती प्रदेशमा नेपाली कांग्रेस भित्रको रसाकस्सीले मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले विश्वासको मत पाउँछन् कि पाउदैनन् भन्ने विषयमा अन्योलता छाएको छ । साउन २७ गते अर्थात आज दिउसो ४ बजे बानियाँलेले प्रदेश सभा आव्हान गरेका छन् ।

नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त गठबन्धनमा बानियाँ मुख्यमन्त्रीमा नियुक्त भएका थिए । विश्वासको मतको लागि कांग्रेस र एमाले दुबई दलले हिव्प जारी गरिसकेको छ । आज ४ बजे प्रदेश सभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री बानियाँ छन् । आफूले राजीनामा दिनु पूर्व गरिएको प्रतिबद्धता कार्यान्वयन नभई मुख्यमन्त्रीलाई विश्वासको मत दिन नसकिने बताउँदै आएको निवर्तमान मुख्यमन्त्री बहादुरसिंह लामाको टोली दिउँसोको ३ बजिसक्दा समेत काठमाडौँमै बसेको छ।

तर , कांग्रेसका बहादुरसिंह लामा पक्षमा १४ जना सांसद भने अहिलेसम्म हेटौंडा आईपुगेका छैन् । लामा पक्ष काठमाडौंमा राजनीतिक परि घटनाहरुलाई लिएर छुट्टै बैठक बसिरहेका छन् ।

सत्ता साझेदार दल नेकपा एमालेको २७ र नेपाली कांग्रेसको ३७ जना सांसद गरि ६४ जना सांसदको समर्थनमा २१ साउनमा मुख्यमन्त्रीमा नियुक्त भई पद तथा गोपनियताको शपत ग्रहण गरेका मुख्यमन्त्री बानियाँलाई विश्वासको मत लिन हम्मेहम्मे परि रहेको छ । लामा पक्षको तीन सांसदलाई मन्त्री नियुक्त गर्नु पर्ने लामा पक्षको माग छ । बानियाँले मुख्यमन्त्री बन्नको लागि गरिएको पुर्व सहमतिलाई लत्ताए पछि लामा पक्ष आवेकमा आएका हुन् । यसो हुँदा ४ बजेलाई राखिएको समय फेरबदल हुने सम्भावना बढेको छ। तर प्रदेशसभा सचिवालयका अनुसार समय फेरबदलको कुरा हालसम्म आएको छैन ।

उनीहरूले विश्वासको मत दिनुअघि आफ्ना माग सम्बोधन गर्न दबाब बढाई रहेका छन् । मुख्यतः, लामाले आफ्नो नेताको हैसियतमा नियुक्त गरेका गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरूङलाई नवगठित मन्त्रिपरिषद्मा समावेश गरिनुपर्ने माग गर्दै आएका छन् । तीनै जनालाई लामाले आन्तरिक मामिला तथा कानुन, युवा तथा खेलकुद, र सहकारी तथा गरिबी निवारण मन्त्रालयमा नियुक्त गरेका थिए, तर संसदीय दलको नेताबाट हटाइएपछि उनीहरूको पद बहाल हुन सकेको छैन।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*