संसद्मा भिजिट भिसा प्रकरणको गुञ्जन : रास्वपा–राप्रपाको लगातार अवरोध

संवाददाता
२०८२ असार ७, शनिबार १३:३०

काठमाडौं । रास्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आइतबार पनि प्रतिनिधि सभा बैठक अवरुद्ध गरेका छन्। दुवै पार्टीले ‘भिजिट भिसाको नाममा नेपाली नागरिक बेचबिखन’ भएको गम्भीर आरोप लगाउँदै संसदीय छानबिन समिति गठनको माग गरेका हुन्।

शनिबारको बैठकमा रास्वपाकी सांसद सुमना श्रेष्ठले आफ्ना नागरिक बेचिएको तथ्यसँग आँखा चिम्लन नसकिने बताए । उनले ,हामी पीडितको आवाज संसदमा उठाइरहेका छौं। सरकार किन डराएको छ ? भन्दैं प्रश्न गरे ।

उता राप्रपाकी सांसद रोशन कार्कीले गृहमन्त्री रमेश लेखकमाथि राजनीतिक तथा नैतिक दायित्व बहन नगरेको आरोप लगाउँदै तत्काल राजीनामाको माग गरका छन्।

सभामुख देवराज घिमिरेले अवरोध हटाएर संसद् चल्न दिन आग्रह गर्दै सहमतिको प्रयास जारी राखेका छन्। तर रास्वपा र राप्रपाले आफ्ना माग सम्बोधन नभएसम्म अवरोध कायमै राख्ने चेतावनी दिएका छन्।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*