कोशी प्रदेशमा ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँको बजेट प्रस्ताव
काठमाडौं । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँको बजेट प्रस्ताव गरेको छ । आइतबार प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले बजेट प्रस्तुत गरेका हुन्।
यस वर्षको बजेटमा चालू खर्चतर्फ १८ अर्ब ६७ करोड ३३ लाख रुपैयाँ छुट्याइएको छ, कुल बजेटको करिब ५२ प्रतिशत हो। पूँजीगत खर्चका लागि १७ अर्ब १० करोड विनियोजन गरिएको छ, ४७.७ प्रतिशत हो। साथै, वित्तीय व्यवस्थापनका लागि १० करोड छुट्याइएको छ।
चालू र पूँजीगत खर्चबीचको यो सन्तुलनले प्रदेश सरकारले सेवा प्रवाह र पूर्वाधार विकास दुवैलाई प्राथमिकता दिएको छ । पेश भएको बजेट चालु आर्थिक वर्षको तुलनामा १.१७ प्रतिशतले मात्र बढी हो । चालु वर्षको बजेट ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँ रहेको थियो।
मन्त्री मगरले बजेट प्रस्तुत गर्दै रोजगारी सिर्जना, सेवा प्रवाहको गुणस्तर सुधार, र समावेशी विकासलाई प्राथमिकतामा राखिएको बताएका छन् ।











