स्थानीय
मकवानपुर उद्योग वाणिज्य संघको एसोसिएट तर्फकाे उपाध्यक्षमा उज्ज्वल चौलागाईं विजयी
हेटौंडा– मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचनको एसोसियट तर्फ उपाध्यक्ष पदमा उज्वल चौलागाईं विजयी भएका छन्। चौलागाईंले ४८ मत प्राप्त गर्दै विजयी भए, जबकि उनका प्रतिद्वन्द्वी विष्णु खनालले ३३ मत प्राप्त गरे। एसोसियटतर्फ सदस्यहरूमा नवराज खतिवडा र अंकिता सुमार्गी पनि विजय भएका छन्। यस निर्वाचनमा अध्यक्ष पदको लागि अनिल अग्रवाल...
बस्तिपुर-मनहरी जेसिजकाे १४ औं साधारण सभा तथा शाखा अधिवेशनबाट ७ जना बोर्ड मेम्बर निर्वाचित
हेटौंडा । बस्तिपुर – मनहरी जेसिजकाे १४ औं साधारण सभा तथा शाखा अधिवेशन शुक्रबार सम्पन्न भएको छ । जेसिजको सभाहल बस्तिपुरमा भएको अधिवेशनबाट ७ जना बोर्ड मेम्बर निर्वाचित भएको छ । बस्तिपुर – मनहरी जेसिज वर्ष ०२४ का अध्यक्ष जेसि अमृत पाठकको सभाध्यक्षतामा भएको साधारण सभामा चार जना उपाध्यक्ष,...
मकवानपुर बहुमुखी क्याम्पस अगाडि मोटरसाईकल दुर्घटना, दुई घाइते
हेटौंडा । हेटौंडा उपमहानगरपालिका-२ स्थित मकवानपुर बहुमुखी क्याम्पस अगाडि आज दिउँसो करिब २ः३० बजे एक सरकारी मोटरसाईकल र एक निजी स्कुटर एक आपसमा ठोकिएको छ । दुर्घटनामा दुबै सवारी साधनका चालक घाइते भएका छन्। मानसचोकबाट मनकामना चोक तर्फ जादैं गरेको बागमती प्रदेश ०३(००५प ६५२६ नम्बरको टिभियस कम्पनिको वेगो स्कुटर...
नियन्त्रणमा लिइयो मनहरीमा आतंक मच्चाइरहेको बाघ
मनहरी गाउँपालिका ५, बसन्तपुरमा आतंक मच्चाइरहेको बाघलाई वन्यजन्तु प्राधिकरणको टोलीले डार्टको मद्दतले नियन्त्रणमा लिएको छ। स्थानीय नागरिकहरूको सुरक्षा र वन्यजन्तु संरक्षणमा संलग्न प्राविधिकहरूको आपसी समन्वयमा बाघलाई नियन्त्रणमा लिइएको हो। पुस १४ गते साँझ, मनहरी गाउँपालिका ५, बसन्तपुर क्षेत्रमा बाघले कान्छीमाया रुम्बालाई मारेको र त्यसै दिन रातभरि ७ वटा बाख्रालाई...
मनहरीमा बाघको आक्रमणबाट ७२ वर्षीय कान्छीमायाको निधन
मनहरी । मनहरी गाउँपालिका ५, बसन्तपुरमा आइतबार साँझ बाघको आक्रमणबाट ७२ वर्षीय कान्छीमाया रुम्बाको ज्यान गएको छ। घाँस काट्न बारीमा गएकी कान्छीमायालाई बाघले आक्रमण गरेको थियो। कान्छीमाय लामो समयसम्म घर फर्कन नसकेपछि परिवार र गाउँलेहरूले खोजी कार्य शुरु गरेका थिए। ५ नं वडा अध्यक्ष दीपेन्द्र अधिकारीका अनुसार, बाघले कान्छीमायालाई...
मकवानपुरगढी पत्रकार समाजकाे अध्यक्षमा तिमल्सिना
हेटाैंडा । पत्रकारहरूकाे साझा संस्था मकवानपुरगढी पत्रकार समाजकाे अध्यक्षमा रेवतिप्रसाद तिमल्सिना (नवीन) चयन भएका छन् । समाजकाे आज बिहीवार गाउँपालिका केन्द्र मक्राञ्चुलीमा भएकाे प्रथम अधिवेशनले तिमल्सिनाकाे नेतृत्वमा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेकाे हाे । तिमल्सिना मकवानपुरमा रहेर एक दशक भन्दा लामाे समयदेखि पत्रकारितामा सक्रिय छन् । मकवानपुरगढीमा छापा...
हेटौंडा ५ मा गैंडाको खाग तस्कर पक्राउ, हवाई फायर गरियो
हेटौंडा । चितवन राष्ट्रिय निकुञ्जको संरक्षण अधिकृतको नेतृत्वमा खटिएको एक टोलीले हेटौंडा-५ स्थित गर्दोई र हेटौंडा-८ को सिमानाबाट गैंडाको खाग तस्करलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक, विश्वराज खड्काले जानकारी अनुसार गैंडाको खागसहित एक जनालाई पक्राउ गरिएको बताउनु भयो। विशेष सुराकीका आधारमा सेनाको ७/८ जनाको...
ऐतिहासिक चुरियामाई सुरुङमार्ग हेटौंडा उपमहानगरपालिकालाई हस्तान्तरण
हेटौंडा । हेटौंडामा स्थित ऐतिहासिक चुरियामाई सुरुङमार्ग आजदेखि पुनः सञ्चालनमा आएको छ। ८ महिनाअघि सुरु गरिएको जीर्णोद्धार कार्य अब सम्पन्न भएको छ । बागमती प्रदेश सरकारले हेटौंडा उपमहानगरपालिकालाई उक्त सुरुङ पर्यटकिय गन्तव्यको रूपमा हस्तान्तरण गरेको हो। सुरुङमार्गको पुनर्निर्माणमा ३ करोड ६५ लाख रुपैयाँको लगानी गरिएको छ।यस सुरुङमार्गको निर्माण १९१७...
मकवानपुरगढी वडा नम्बर ५ ले जित्याे ९ ए साइड फुटबलको उपाधि
हेटौंडा । धादिङ मिनी रङ्गशालामा भएकाे मकवानपुरगढी गाउँपालिका ९ ए साइड प्रथम रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधि वडा नं ५ ले जितेकाे छ। मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ ले वडा नम्बर २ लाई ३-० गोलान्तरले पराजित गरेकाे हाे । वडा नम्बर ५ काे लागि पहिलाे हाफकाे ४ मिनेटमा विपिन...
मकवानपुरगढी ९ ए साइड फुटबल फाइनलमा वडा ५ र २ भिड्दै
मकवानपुरगढी । धादिङ मिनी रङ्गशालामा चलिरहेको मकवानपुरगढी गाउँपालिका ९ ए साइड प्रथम रनिङ सिल्ड फुटबल प्रतियोगिता अन्तर्गत आज (पुस २ गते) फाइनल खेल हुँदैछ। उक्त खेल दिउँसो १ बजे सुरु हुनेछ, जसमा मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ र वडा नम्बर २ बीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगिता मकवानपुरगढी गाउँपालिका खेलकुद विकास...










